NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

पेमेन्ट सर्भिसको सुरुवातसँगै भाइबरलाई सुपर एप केटेगोरीमा अघि बढाउँदै

काठमाडाैं । आफ्नो मूल मेसेजिङ र कलिङ सुविधाबाहेक प्रयोगकर्ताहरूलाई अन्य विस्तारित सेवाहरू प्रदान गर्न कटिबद्ध रहेको राकुटेन भाइबरले ‘सुपर एप’ हुने आफ्नो उद्देश्यलाई पूर्णता दिने अत्यन्तै महत्वपूर्ण कदम लिएको छ । भाइबरको प्रमुख कार्यकारी निर्देशकको पदमा भर्खरै नियुक्ति पाएका ओफिर इयालले भाइबरलाई अब फिनटेक श्रेणीमा पनि ल्याउने भएका छन् ।

प्रयोगकर्ताहरूलाई प्लेटफर्मभित्रै डिजिटल वालेट बनाउने सुविधा प्रदान गर्दै, भाइबर ‘इन-एप’ पेमेन्ट सर्भिस सुरु गर्न तयार भइसकेको छ । बिल तिर्न, सामान खरिद गर्न र अन्य व्यक्तिहरूलाई पैसा ट्रान्सफर गर्नका लागि भाइबरको ‘पेमेन्ट सर्भिस’ बैंक अकाउण्ट एवम् भिजा र मास्टरकार्डसँग लिङ्क गर्न सकिनेछ । भाइबरले सुरुमा प्रोयगकर्ताहरूलाई निःशुल्क उपलब्ध ‘पियर-टू-पियर’ ट्रान्सफर सार्वजानिक गर्नेछ । उक्त सेवा यस गर्मीयामको अन्त्यतिर जर्मनी र ग्रिसमा उपलब्ध हुनेछ, यस सेवाको प्रारम्भिक कालमा, अन्य मार्केटहरूमा सार्वजनिक गर्न पहिले सेवालाई थप परिमार्जन गर्न आवश्यक कुराहरूबारे भाइबरले आफ्ना प्रयोगकर्ताहरूबाट सल्लाह-सुझाव लिनेछ ।

‘उपस्थित व्यवधानहरू माझ कम्पनीको उद्देश्य प्राप्तिका निम्ति लागिरहँदा एक सिइओका हैसियतले राकुटेन भाइबरको उद्देश्य केन्द्रित टिमको नेतृत्व लिन र हिस्सा बन्न पाएकोमा म ज्यादै गौरवान्वित महसुस गरिरहेको छु । यसका साथै, प्रयोगकर्ताको अनुभवलाई सुधार गर्न र अन्ततः एक सुपर एप बन्नका लागि एप सञ्चालन र विस्तार गर्ने कुरामा हामी भाइबरको उच्च मापदण्ड र नवीन भावना कायम राख्न चाहन्छौँ । भाइबरले आज जुन प्रतिष्ठा आर्जेको छ त्यस स्थानमा ल्याई पुर्याउनका निम्ति हाम्रो यात्रामा साथ दिनुहुने सम्पूर्ण कर्मचारीहरूप्रति म सदैव आभार रहनेछु ।’ ओफिर इयालले भने ।

‘हाम्रो प्रयोगकर्ताहरू र यस संस्थालाई सेवा गर्नका निम्ति म आफ्नो जिम्मेवारीको अभिभारा पूर्ण रूपमा वहन गर्नेछु । यो यात्रा अवश्य चुनौतीपूर्ण हुनेछ तर प्रविधिको क्षेत्रमा हामीले दिएको बचन पूरा गर्न म लगायत मेरो संस्था पूर्ण रूपमा समर्पित छौँ ।’

गत वर्ष अगस्टमा भाइबरको सिइओमा नियुक्ति पाएका इयालले कम्पनीसँग गरेको ७ वर्षको यात्रामा कम्पनीको विकासमा र भाइबरलाई प्रयोगकर्ताहरूको थप नजिक ल्याउन अत्यन्तै महत्वपूर्ण योगदान दिएका छन् । सिइओमा नियुक्ति हुनअघि राकुटेन भाइबरमा भाइस प्रेसिडेन्ट अफ प्रडक्टको पदमा रहेका इयाल प्रयोगकर्ताको अनुभव, ग्राहकको सफलता, कण्टेण्ट र स्थानीयकरणजस्ता क्षेत्रहरू सम्हाल्दै आइरहेका थिए ।

हालै, भाइबरले गरिरहेको प्रगतिहरूले प्रयोगकर्ताहरूलाई एकअर्कासँग कम्यूनिकेट गर्न प्रोत्साहित गर्नुका साथै व्यापार र मनोरञ्जन दुवैमा उनीहरूको अनुभवलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्ने सुविधाहरू प्रदान गरेको छ । कम्पनीको सबैभन्दा उच्च पद सम्हालिरहेका इयालले कम्पनीको महत्वाकांक्षी उत्पादन विकास र बजार विस्तारका लागि गरिने प्रयासहरूको निरीक्षण गर्दछन् । यसका साथै, भाइबरले आफूलाई विश्वकै अग्र स्थानमा कायम राखिरहँदा, इयाल कम्पनीको विकासमा थप सहयोग पुग्ने नयाँनयाँ अवसरको अन्वेषणमा पनि लागि परेका छन् ।

एसिया पेसेफिक,पछिल्लो दिनहरूमा, भाइबर सबैभन्दा तिब्र गतिमा विकास भइरहेको क्षेत्रहरूमध्ये एक हो । यस क्षेत्रमा भाइबरको प्रयोगकर्ताहरू प्रत्येक वर्ष २० प्रतिशतको दरले बढिरहेका छन् र साझेदारी योजनाहरूलाई आफ्नो क्षेत्रमा नविन ढङ्गबाट निरन्तर सञ्चालन तथा कार्यान्वयन गर्दै आइरहेको छ । यस कुरालाई मध्य नजरमा राख्दै, एसीया पेसेफिक क्षेत्रमा भाइबरको लगानी जारी ६ थप देश-विशेष साझेदारहरू उत्पादन गर्दै, रणनीति र अफरहरूलाई स्थानीयकरण गर्दै र भाइबर प्रयोगकर्ताहरूलाई फाइदाहरू उपलब्ध गराउँदै अझ शीघ्र गतिमा आफ्नो युजर वेश फैलाउन राकुटेन भाइबर पूर्ण रूपमा तयार भइसकेको छ ।

नेपालमा, ग्रुप च्याटमा ३८ प्रतिशत, ग्रुपमा पठाइएको मेसेजमा २६ प्रतिशत र कम्यूनिटी भ्यूवरमा ३९ प्रतिशत वृद्धिको साथ, नेपालमा भाइबर सबैभन्दा विशिष्ट र सर्वाधिक विश्वास गरिने एपमा पर्दछ । एपले नेपालमा व्यक्तिगत प्रयोगकर्ता लगायत ठूला(साना व्यवसाय र शैक्षिक संस्थाहरूबाट उल्लेखनीय रूपमा विश्वास र इमान्दारिता बटुलिसकेको छ ।

कोभिड-१९ को महामारीको बखत, आफ्नो आयमा २०(५० प्रतिशतसम्मको घाटा बेहोरिरहेका साना र ठूला व्यवसायहरूलाई गम्भीर रूपमा असर पारिरहेको थियो । र यी व्यवसायहरूको पुनरागमन गराउनका निम्ति राकुटेन भाइबरको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको छ । उक्त व्यवसायीहरूलाई प्रभावकारी वान-टू-मेनी (कम्यूनिटी र च्यानलमार्फत्) र वान-टू-वान कन्भर्शेसनल कमर्स ९ कम्यूनिटी र च्यानलमा कुरा गरिसकेपछि प्राइभेट मेसेजिङमार्फत्को माध्यमबाट आफ्ना व्यवसाय डिजिटल्ली लैजान मद्दत गर्दै भाइबरले उनीहरूलाई ज्यादै प्रभावशाली अवसरहरू प्रदान गर्यो ।

यसका अतिरिक्त, राकुटेन भाइबरले विद्यालय र शैक्षिक संस्थाहरूलाई आफ्ना शैक्षिक गतिविधिहरू सुदृढ गर्न मद्दत गरेर महत्त्वपूर्ण भूमिका खेलेको छ । एपले विभिन्न स्ट्रीमहरूमा अनेकन् अग्रणी च्यानलहरू लञ्च गरेको थियो । साथै, विभिन्न स्कुलहरूसँग मिली बनेको टीमले भर्खरै शैक्षिक वेबिनार पनि सफलतापूर्वक सञ्चालन गरेको छ, जहाँ सहभागीहरूलाई शैक्षिक गतिविधि र सिकाईमा भाइबरको विभिन्न सहयोगात्मक सुविधाहरूबारे विस्तृत प्रशिक्षण दिइएको थियो ।

भाइबरलाई अब कहाँ लैजाने भन्ने स्पष्टताको साथ, इयलको नेतृत्वले उत्पादन र सेवाको विकासमा भाइबरको निरन्तर वृद्धि र नयाँ बजारहरूमा विस्तार गर्नका साथै विश्वव्यापी मेसेजिङ र एप लेण्टस्केपमा भाइबरलाई एक प्रमुख र नवीन दावेदारको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

राकुटेन भाइबारे

राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्धसूत्र हो । भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान-टु-वान,भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग अन्तरक्रियाजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन् ।

भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ।राकुटेन भाइबर, राकुटेन ग्रुप आइएनसीको एक हिस्सा हो, ई-कमर्स र वित्तीय सेवाहरूमा अग्रणी राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप पार्टनर पनि हो ।