नबिल बैंकले पायो ‘भिसा एक्सिलेन्स अवार्ड-२०२२’
काठमाडाैं । नबिल बैंकले ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड बिजनेस-२०२२’ र ‘एक्सिलेन्स इन ई-कमर्स एक्विरिङ बिजनेस-२०२२’ बाट सम्मानित भएको छ ।
बैंकले डेबिट कार्ड र ई–कमर्स एक्विरिङ बिजनेसमा नेपालमा रहेका सबै बैंकभन्दा बढी गोर्थ र अचिभेन्ट गरेका कारण यी अवार्डबाट सम्मानित भएको हो। भिसा इन्टेरनेसनले काठमाण्डौमा आज आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ पेमेन्ट्स इनोभेसन अफ डिजिटल नेपाल’ कार्यक्रममा नबिल बैंकलाई ती अवार्डबाट सम्मानित गरिएको थियो ।
बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले अवार्ड ग्रहण गर्दै नबिल बैंकको टिमलाई उनीहरुको कामप्रतिको समर्पणलाई सरहाना गर्दै बधाइ दिए। ‘नबिल जहिले पनि नेपालको पहिलो डिजिटल बैंक बन्न अग्रसर रहेको र हाम्रा अथक प्रयासलाई यी अवार्डबाट सम्मान गरेकोमा धन्यवाद दिन चाहन्छौँ’, उनले भने ।
सीईओ ढुंगानाले नबिल बैंक जहिले पनि ग्राहकको आवश्यकता र अपेक्षा परिपूर्तिका लागि डिजिटल बैंकिङ प्रवर्द्धनमा लागिरहेको बताए। ‘यस किमिसको सम्मानले हामीलाई हाम्रा ग्राहकको आवश्यक र अनुभवलाई पूरा गर्न अझ बढी डिजिटल रुपमा कार्य गर्न प्रोत्साहन गरिरहनेछ’, उनले भने ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया