१० सहसचिवको सरूवा, को कहाँ पुगे ?
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बसन्त अधिकारीसहित १० सहसचिवको सरुवा गरेको छ ।
मन्त्रालयमा कार्यरत अधिकारी काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन् । त्यहाँ कार्यरत लोकनाथ पौडेल मन्त्रालयमा तानिएका छन् ।
त्यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश राउतलाई श्रम तथा रोजगार मन्त्रालयमा सरुवा गरिएको छ । सञ्चार मन्त्रालयमा कार्यरत गोगनकुमार हमालको गृह मन्त्रालयमा सरुवा भएको छ ।
त्यस्तै पर्यटनका टोकराज पाण्डे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ । यसैगरी स्किम श्रेष्ठलाई संघीय मन्त्रालयमा सुरुवा भएको छ । रोशनी श्रेष्ठ गृहमन्त्रालय र शम्भु कार्कीलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया