नाडा इभी एक्सपो २०२२ का लागि लक्की ड्र कार्यक्रम सम्पन्न
काठमाडाैं । काठमाडाैंको भृकुटी मण्डपमा असोज ६ गते देखि ९ गतेसम्म आयोजना हुने नाडा इभी एक्सपोमा सहभागी हुने कम्पनीहरुको लागि लक्की ड्र कार्यक्रम सम्पन्न भएको छ । लक्की ड्र कार्यक्रमआज टेकु स्थित आफनै सचिवालयमा सम्पन्न गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए ।
नेपालमा पहिलो पटक नाडाले आयोजना गर्न लागेको नाडा इभी एक्सपो २०२२ को तयारी तीब्र गतिमा अगाडि बढिरहेको छ । उक्त एक्सपोमा चार पाँग्रे, तिन पाँग्रे दुई पाँग्रे विद्युतिय सवारी साधनहरुको उल्लेख्य सहभागिता रहने नाडाले जनाएको छ ।
यसैगरी सो प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ्ग स्टेशन, लगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरु समेतगरी कूल ४५ भन्दा बढी कम्पनीहरुको सहभागिता हुने भएको छ ।
उक्त लक्की ड्र कार्यक्रममा नाडाका अध्यक्ष धुव्र थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, तथा केन्द्रीय कार्य समिति सदस्य प्रदिपमान प्रधान समेतको उपस्थिति रहेको थियो ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया