NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

नेपाललाई दोस्रो झड्का

काठमाडौं । केन्याविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाललाई दोस्रो झड्का लागेको छ ।

नेपालले १८ औँ ओभरमा ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । उनी २५ रन बनाउँदै आउट भएका छन् ।

यसअघि नेपालले अर्जुन साउदलाई गुमाएको थियो । अर्जुन १९ रनमा आउट भएका हुन् ।

७५ रन बनाएको अवस्थामा नेपालले दोस्रो विकेट गुमाएको हो ।

अहिले कप्तानी गरिरहेका रोहित पौडेल क्रिजमा आएका छन् ।

उनलाई देव खनालले साथ दिइरहेका छन् ।

खेल केन्याको नैरोवीमा जारी छ ।

घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय नेपालले ७ विकेटले जितेको थियो ।

नेपालले पहिलो विकेट गुमायो