नेपाललाई दोस्रो झड्का
काठमाडौं । केन्याविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाललाई दोस्रो झड्का लागेको छ ।
नेपालले १८ औँ ओभरमा ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । उनी २५ रन बनाउँदै आउट भएका छन् ।
यसअघि नेपालले अर्जुन साउदलाई गुमाएको थियो । अर्जुन १९ रनमा आउट भएका हुन् ।
७५ रन बनाएको अवस्थामा नेपालले दोस्रो विकेट गुमाएको हो ।
अहिले कप्तानी गरिरहेका रोहित पौडेल क्रिजमा आएका छन् ।
उनलाई देव खनालले साथ दिइरहेका छन् ।
खेल केन्याको नैरोवीमा जारी छ ।
घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय नेपालले ७ विकेटले जितेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया