व्यवस्थापकीय नेतृत्वको कार्य र सार्वजनिक व्यवस्थापनको प्रश्न, सहसचिव डा. पाण्डेको समाधान

काठमाडौं । जनतामा विश्वास देखिन्छ–लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषय विज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा पाठकको जिज्ञासामा नेपाल सरकारका सहसचिव डा. टोकराज पाण्डेले व्यवस्थाापकीय नेतृत्वले गुर्नपर्ने कार्य, नेपालमा नेतृत्वसम्बद्ध समस्या र सार्वजनिक व्यवस्थापनबारे सामाधान पहिल्याउनुभएको छ ।
१) व्यवस्थापकीय नेतृत्वले गर्नुपर्ने कार्य र नेपालमा नेतृत्व सम्बद्ध समस्या केलाउँदै सोको समाधानका लागि सुझाव दिनुहोस् ? १०
Action of leading a group or organization
-कुनै पनि व्यक्तिको अगुवाइ वा मार्गदर्शन गर्ने गुणलाई नै नेतृत्व भनिन्छ । नेतृत्व सामूहिक लक्ष्य प्राप्तिको लागि अनुयायीलाई प्रभावित गर्नसक्ने क्षमता हो । नेतृत्व पद नभई कार्य हो । नेतृत्व प्रदान गर्ने नेता सक्षम तथा दूरदर्शी हुनुका साथै प्रभावशाली व्यक्तित्व हुनुपर्दछ । नेतृत्वअन्तर्गत समूहका सदस्यहरूलाई उत्प्रेरणा प्रदान गर्ने सुविधा दिने समस्या समाधानमा सहयोग गर्ने मार्गदर्शन प्रदान गर्ने सुरक्षा प्रदान गर्ने जस्ता क्रियाकलाप र गुणहरू पर्दछन् । सबै नेताहरू व्यवस्थापक हुनु पर्दैन तर सबै व्यवस्थापकहरू नेता हुनुपर्दछ । अत: संगठनमा नेतृत्वले संगठनको लक्ष्यतर्फ दिशानिर्देश गर्दछ ।
पदसोपान पद्धतिका मान्यता र निर्णय प्रक्रियाबारे सहसचिव पाण्डेको समाधान
व्यवस्थापकीय नेतृत्वका कार्यहरू
- सांगठनिक लक्ष्य निर्धारण गर्ने
- संगठनात्मक लक्ष्यतर्फ उन्मुख हुने
- संगठनात्मक क्रियाकलापहरूको समन्वय गर्ने
- कर्मचारीलाई कामप्रति उत्प्रेरित गर्ने
- अनुयायीहरूलाई मार्गदर्शन गर्ने
- प्रभावकारी सञ्चारकर्ताको रूपमा आफ्नो भूमिका निर्वाह गर्ने
- समस्याको पहिचान गरी समाधानमा केन्द्रित हुने
- संगठनको कार्यको सुपरीवेक्षण गर्दै नियन्त्रण गर्ने
- संगठनको तर्फबाट प्रतिनिधित्व गर्ने
- संगठनमा आइपर्ने परिवर्तनलाई व्यवस्थापन गर्ने
नेतृत्वका सम्बन्धमा देखिएका समस्याहरू
- नेतृत्वका सम्बन्धमा नीतिगत स्पष्टता नहुनु
- नेतृत्वले गर्नु पर्ने कार्यविवरण स्पष्ट नहुनु
- प्रभावशाली तथा दूरदर्शी नेतृत्वको अभाव हुनु
- नेतृत्व विकासका लागि अवसरहरूको कमी हुनु
- नेतृत्वले घुमाउरो र कैफियतपूर्ण निर्णय लिनु
- नेतृत्वले तदर्थ समाधान खोन्ने प्रवृति हुनु
- नेतृत्व आफ्ना अनुयायीप्रति उदासिन देखिनु
- Self-manage गर्न नसक्नु
- Self-centric व्यवहार बढी देखिनु
- नेतृत्वले कामको Cause र Consequences थाहा पाउन नसक्नु
- Participative निर्णय प्रक्रिया अवलम्बन गर्न नसक्दा द्वन्द्व सिर्जना हुनु
- दक्ष र सक्षम नेतृत्वको चयन हुन नसक्दा सांगठनिक लक्ष्य प्राप्त नहुनु
लोकसेवाका यी प्रश्नको उत्तर कसरी दिने ? यस्तो छ सहसचिव दाहालको टिप्स
नेपालमा नेतृत्वका सम्बन्धमा देखिएका समस्या समाधानका सुझावहरू
- नेतृत्वका सम्बन्धमा नीतिगत स्पष्टता कायम गर्ने
- नेतृत्वले गर्नु पर्ने कार्यविवरण स्पष्ट गराउने
- प्रभावशाली तथा दूरदर्शी नेतृत्वको विकासमा जोड दिने
- नेतृत्व विकासका लागि अवसरहरूलाई बढाउँदै लैजाने
- नेतृत्वले People र Job दुवैलाई महत्त्व दिने
- नेतृत्व रचनात्मक कार्यतर्फ अग्रसर हुनु पर्दछ न कि तदर्थ समाधान खोन्ने
- नेतृत्व आफ्ना अनुयायीप्रति सधैं सकारात्मक हुनु जरुरी हुन्छ
- Self-manage हुने तर Self-centric व्यवहार नदेखाउने
- Leader र Subordinate बीचको मनोवैज्ञानिक Gap कम गर्ने
- नेतृत्वले कामको Cause र Consequences थाहा पाउने
- Participative निर्णय प्रक्रिया अवलम्बन गरी द्वन्द्वको सिर्जना हुनु हुँदैन।
- नेतृत्व विकासका लागि Leadership Assment Centre को स्थापना गर्ने
- Performance agreement लागू गर्ने
- कार्यक्षमता भएका व्यक्तिलाई मात्र नेतृत्वको रूपमा चयन गर्ने संस्कृतिको विकास गर्ने
- नेतृत्वले प्रभावकारी Monitoring र Evaluation गर्ने
- दक्ष र सक्षम नेतृत्वको चयन गरी संगठनिक लक्ष्य प्राप्त गर्ने
अन्त्यमा
नेतृत्वले आफूमा अन्तर्निहित गुणको उपयोग गर्दै सांगठनिक लक्ष्य हासिल गर्न अनुयायीहरूलाई उचित मार्गदर्शन गर्दै कार्यमा उत्प्रेरणा प्रदान गर्दछ । संगठनको प्रभावकारीता नै नेतृत्वको दूरदर्शितामा निर्भर रहने हुँदा नेतृत्वको सही मूल्यांकन र विकास गर्नु पर्दछ । उचित र कुशल नेतृत्वको विकास गर्दै प्रशासिनक सक्षमता र राजनीतिक सबलता हासिल गर्नु आजको आवश्यकता हो ।
सरकारको भूमिका र कार्यक्षेत्रमा विकसित अवधारणाबारेकाे प्रश्नमा उपमहालेखा नियन्त्रक बरालको समाधान
२) सार्वजनिक व्यवस्थापनको भनेको के हो ? सार्वजनिक व्यवस्थापनको कार्यक्षेत्र उल्लेख गर्दै सार्वजनिक व्यवस्थापन र सार्वजनिक प्रशासनबीच रहेको भिन्नता औल्याउनुहोस् ? १०
सार्वजनिक मामिलाको सञ्चालन सार्वजिनक व्यवस्थापन
संगठनको निर्धारित उद्देश्य र लक्ष्य हासिल गर्नका लागि स्रोत र साधनको व्यवस्थित ढंगले परिचालन गर्न आवश्यक व्यवस्था मिलाउने रणनीतिक प्रक्रियालाई नै सार्वजनिक व्यवस्थापन भनिन्छ । परम्परागत प्रशासनमा हुने गरेका निर्णयमा ढिलासुस्ती, अपारदर्शी कार्यप्रणाली शासक र शासितको सोच अनुत्तरदायिपना अनावश्यक गोपनीयताजस्ता कमजोरी निवारण गर्दै प्रशासनमा निजी व्यवस्थापनका राम्रा गुणहरू अवलम्बन गर्ने सुधार अभियान हो, सार्वजनिक व्यवस्थापन । यसमा सहभागितामूलक व्यवस्थापन अनुसन्धान विकेन्द्रीकरण र जनसहभागितामूलक प्रशासन अधिकार निक्षेपण निजीकरण तथा उदारीकरणजस्ता दर्शन र मान्यताहरूको सन् १९८० पछिको अवधारणा र प्रयोग हो ।
सार्वजनिक व्यवस्थापनको कार्यक्षेत्र
- आधारभूत व्यवस्थापन
- सार्वजनिक क्षेत्रको नियमन र नियन्त्रण
- सार्वजनिक विकास व्यवस्थापन
- सार्वजनिक सेवा प्रवाह व्यवस्थापन
- नीतिगत व्यवस्थापन
- सार्वजनिक कानून तथा नीतिहरूको तर्जुमा विश्लेक्षण कार्यान्वयन र अनुगमन तथा मूल्यांकन
- योजना व्यवस्थापन
- जनताको माग र आवश्यकताको आधारमा योजनाको तर्जुमा छनौट र कार्यान्वयन
- संगठन व्यवस्थापन
- छरितो विकेन्द्रित र आधुनिक प्रविधियुक्त संगठनको निर्माण गर्ने
- मानवस्रोत व्यवस्थापन
मानवस्रोत व्यवस्थापनसम्बन्धी योजना संगठन नियन्त्रण निर्देशन व्यवस्थापन
- आर्थिक व्यवस्थापन
- राजस्व संकलन तथा परिचालन गर्ने
- वैदेशिक सहायता तथा ऋण व्यवस्थापन
- आर्थिक लेखा प्रणाली
यसरी
सार्वजनिक व्यवस्थापन सार्वजनिक प्रशासनमा आएको नवीनतम सोच र अवधारणा हो । यो group efforts सँग गाँसिएको systematic क्रियाकलाप हो । सार्वजनिक प्रशासनमा रहेका पुराना मूल्य र मान्यतालाई विस्थापित गर्दै नवीन अवधारणाको प्रयोग र विकासमा सार्वजनिक व्यवस्थापन क्रियाशील रहन्छ। तसर्थ प्रशासनमा आएका नवीन चुनौतीको सामना गर्न यो अवधारणा आएकाले सुधारसहित यसको सफल कार्यान्वयन गर्नु वर्तमानको माग हो ।
प्रतिक्रिया