NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

कुमारी बैंकको ‘११ प्रतिशत केविएल डिवेन्चर २०८९’ बिक्री खुला

काठमाडाैं । कुमारी बैंकले भदौ १७ गतेदेखि १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ‘११ प्रतिशत केविएल डिवेन्चर २०८९ बिक्री खुला गरेको छ ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरको ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्रको निष्काशन गर्न गरेका हुन् ।

उक्त ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता अर्थात एक अर्ब २० करोड बराबरको ऋणपत्र सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरेको बैंकले जनाएको छ ।

सार्वसाधारणका लागि निष्काशन गरिने १२ लाख कित्ता ऋणपत्र मध्ये सामुहिक लगानी कोषलाई छुट्ट्याएको ५५ अर्थात् ६० हजार कित्ता ऋणपत्रको लागि ३ वटा सामुहिक लगानी कोषबाट कूल ९५ हजार कित्ताको लागि आवेदन प्राप्त भएको हुँदा सो लाई समानुपातिक आधारमा बाँडफाँड गरिएको बैंकले जनाएको छ ।

सार्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्र खरिदका लागि छिटोमा भदौ २१ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ ३१ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुले यस ऋणपत्रमा धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि-आश्बामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन ।

ऋणपत्र निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष