NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सामान्य अंकले बढ्यो नेप्से

काठमाडाैं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) का अनुसार ६.६८ अंक बढेर १९७७.३० विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.५७ अंक बढेको छ। त्यसैगरी फ्लोट इण्डेक्स ०.४४ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक बढेको छ।

आइतबार कुल २२७ कम्पनीकाे २८ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ७ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार १३ उपसमूहमध्ये  ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। आज निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.८५ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ।

आइतबार रु रु जलविद्युत परियोजनाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सो कम्पनीकाे ८९ रुपैयाँ ५० पैसा बढेर ९८४ रुपैयाँ ५० पैसामा कारोबार भएको छ। त्यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने जोशी हाइड्रोपावरको ८ प्रतिशतभन्दा बढी बढेको छ। आज सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य  ३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आइतबार रिडी पावर शीर्ष स्थानमा रहेको छ। सो स्टकको यस दिन ८ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन नेपाल टेलिकम र नबिल बैंकको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।