NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

चिनियाँ प्रभावशाली नेता ली नेपाल आउँदै

काठमाडौं । चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष ली झ्याङ्शू नेपाल भ्रमणका लागि आउने भएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा उनी यही भदौ २७ मा तीन दिने औपचारिक भ्रमणमा आउन लागेका हुन् ।

उनको भ्रमण अवधिभर उच्च सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाउका लागि परराष्ट्रले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

राष्ट्रपति सी जिङपिङपछि नेपाल भ्रमणमा आउन लागेका लीको भ्रमणलाई त्यसपछिको दोस्रो महत्वपूर्ण कूटनीतिक भेट मानिएको छ ।