NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

केन्याविरुद्ध नेपालको ‘क्लिन स्विप’

काठमाडौं । नेपालले केन्याविरुद्धका तीनवटै एकदिवसीय खेल जितेको छ ।

केन्याको राजधानी नैरोबीस्थित निमखाना मैदानमा भर्खरै सम्पन्न तेस्रो तथा अन्तिम खेलमा पनि जित हासिल गर्दै नेपालले क्लिन स्विप नतिजा हासिल गरेको हो ।

उक्त खेल नेपालले ६ विकेटले जितेको छ ।

घरेलु टोली केन्याले दिएको १५६ रनको विशाल लक्ष्य नेपालले मात्र ४७.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालको जितमा तीन जनाले अर्धशतक बनाए । अर्जुन साउदले ५८, आसिफ शेखले ५६ र बसिर अहमदले अविजित ५२ रा बनाए ।

यस्तै, कप्तान रोहित पौडेलले अविजित रहँदै ४२ तथा ज्ञानेन्द्र मल्ले ३३ रन बनाए । देव खनालले भने १ रनमात्र बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनाएको थियो ।

नेपालका सोमपाल कामी र आदिल अन्सारीले समान २ विकेट लिए भने साहब आलम र बसिर अहमदले समान १ विकेट हात पारे ।

शनिबार र आइतबार भएका दुवै खेल जित्दै नेपालले एक खेलअगावै एकदिवसीय श्रृंखला जितिसकेको थियो ।

यसैगरी, नेपालले टि–२० श्रृंखला पनि ३–२ ले जितेको थियो ।

नेपालले एक खेल अगावै जित्यो केन्याविरुद्धको एकदिवसीय सिरिज