केन्याविरुद्ध नेपालको ‘क्लिन स्विप’
काठमाडौं । नेपालले केन्याविरुद्धका तीनवटै एकदिवसीय खेल जितेको छ ।
केन्याको राजधानी नैरोबीस्थित निमखाना मैदानमा भर्खरै सम्पन्न तेस्रो तथा अन्तिम खेलमा पनि जित हासिल गर्दै नेपालले क्लिन स्विप नतिजा हासिल गरेको हो ।
उक्त खेल नेपालले ६ विकेटले जितेको छ ।
घरेलु टोली केन्याले दिएको १५६ रनको विशाल लक्ष्य नेपालले मात्र ४७.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालको जितमा तीन जनाले अर्धशतक बनाए । अर्जुन साउदले ५८, आसिफ शेखले ५६ र बसिर अहमदले अविजित ५२ रा बनाए ।
यस्तै, कप्तान रोहित पौडेलले अविजित रहँदै ४२ तथा ज्ञानेन्द्र मल्ले ३३ रन बनाए । देव खनालले भने १ रनमात्र बनाए ।
यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनाएको थियो ।
नेपालका सोमपाल कामी र आदिल अन्सारीले समान २ विकेट लिए भने साहब आलम र बसिर अहमदले समान १ विकेट हात पारे ।
शनिबार र आइतबार भएका दुवै खेल जित्दै नेपालले एक खेलअगावै एकदिवसीय श्रृंखला जितिसकेको थियो ।
यसैगरी, नेपालले टि–२० श्रृंखला पनि ३–२ ले जितेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया