विनोद चौधरी नवलपरासी १ र ३ बाट सिफारिस
परासी । उद्योगपति विनोद चौधरीलाई नेकपा एमालेले आगामी संविधानसभाको निर्वाचनमा नवलपरासीको क्षेत्र नम्बर १ र ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउन पार्टीले सिफारिस छ ।
क्षेत्र नम्बर १ मा यसअघि निर्वाचन जितेका कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइराला पुनः कांग्रेसको तर्फबाट उम्मेदवार बन्ने पक्का छ । चौधरी क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने सम्भावना बढेको छ । यसैगरी जिल्ला अध्यक्ष तिलक महतलाई क्षेत्र नम्बर २, ३ र ४ गरी तीन स्थानबाट सिफारिस गरिएको छ । क्षेत्र नं ५ बाट दीपेन्द्र अधिकारीको एकल नाम सिफारिस गरिएको छ ।
सिफारिस गरिएका नाममा क्षेत्र नं १ बाट ४ जना रहेका छन् । यसमा कृष्ण अधिकारी, दीपक अधिकारी, विनोद चौधरी, छत्रराज पौडेल र पार्वती तिवारी रहेका छन् । त्यस्तै क्षेत्र नं २ बाट ११ जना सिफारिस गरिएको छ । यसमा रोशन गाहा, जीवन श्रेष्ठ, डा. गोपाल खनाल, दुर्गा भण्डारी, विन्दा गैरे, शालिकराम भट्टराई, रोशन थापा, होमनाथ सुवेदी, कृष्ण पौडेल र तिलक महत रहेका छन् ।
त्यसैगरी क्षेत्र नं ३ बाट १० जनाको नाम सिफारिस गरिएको छ । यसमा जनकलाल श्रेष्ठ, कृष्ण पौडेल, ईश्वरी पाण्डे, रुक्मांगत ज्ञवाली, तिलक महत, धनञ्जय शर्मा, भिमलाल अधिकारी, पुण्यप्रसाद पौडेल, सरिता खनाल र विनोद चौधरी रहेका छन् । क्षेत्र नं ४ बाट पाँचजनाको नाम सिफारिस गरिएको छ । यसमा थानप्रसाद गैर, विमला अर्याल, बैजनाथ चौधरी र घनश्याम कोइराला र तिलक महत रहेका छन् ।
क्षेत्र नं ५ बाट दीपेन्द्र अधिकारीको एकल नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नं ६ बाट रामलखन हरिजन र दूधनाथ गुप्ताको नाम सिफारिस गरिएको एमाले नवलपरासीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया