निजामती सेवामा अवकाशपछि पनि लगातार काम !
काठमाडौं । कतिपय निजामती कर्मचारीले उमेर हदभन्दा बढी पनि काम गर्ने गरेको पाइएको छ । त्यस्ता कर्मचारीको अवधि पनि पेन्सन पट्टा बनाउने बेला मात्र थाहा हुने गरेको छ । राष्ट्रिय किताबखाना (निजामती) का अनुसार हरेक वर्ष चारदेखि पाँच जना निजामती कर्मचारीले उमेर हदभन्दा बढी समय सेवा गर्ने गरेको पाइएको छ ।
निजामती सेवा ऐनमा कर्मचारीको अवकाश हुने उमेर हद ५८ वर्ष तोकिए पनि त्यस्ता कर्मचारी ५८ वर्ष उमेर कटिसके पनि सेवामा बहाल नै रहने गरेका हन् ।
कार्यालय सहयोगीदेखि उपसचिवसम्मका कतिपय कर्मचारीले मालदार भन्ने गरिएका कार्यालयमा बसेर बढी समय सेवा गर्दा राम्रो आम्दानी गर्न सकिने मनसायनले नियतवश नै बढी समय सेवा गर्ने गरेको राष्ट्रिय किताबखाना (निजामती) ले जनाएको छ ।
राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक बाबुराजा श्रेष्ठले कर्मचारीले किताबखानामा हरेक वर्ष पेन्सन पट्टा बनाउन आउँदा चारदेखि पाँच जना उमेर हदभन्दा बढी समय सेवा गरेका कर्मचारी आउने गरेको बताए ।
सेवामा प्रवेश गर्दा किताबखानामा बुझाउनुपर्ने शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता र वैयक्तिक विवरण (सिट रोल) मा उललेख उमेर फरक फरक हुँदा हरेक वर्ष चारदेखि पाँच जना कर्मचारीले उमेर हदभन्दा बढी समय सेवामा बहाल हुने गरेको श्रेष्ठले स्पष्ट पारे ।
निजामती सेवा ऐनमा निजामती कर्मचारीको उमेर गणना गर्दा ऐनको व्यवस्थाअनुसार वैयक्तिक विवरण, नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लिखित जन्म मिति, वर्ष, महिना र गतेसमेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिला अवकाश हुन्छ, सोही मितिबाट अवकाश दिइने भन्ने उल्लेख छ । गोरखापत्र दैनिकले आज खबर लेखेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया