सुर्खेत २ बाट साधनासहित समानुपातिकमा चार महिला सिफारिस
काठमाडौं । ४ मंसिरको चुनावको लागि सुर्खेत २ बाट समानुपातिकतर्फ चार जना महिलाहरू सिफारिस भएका छन् । प्रतिनिधिसभाको क्षेत्रीय कार्यसमितिले यो क्षेत्रबाट नेविसंघकी पूर्व सहमहामन्त्री साधना घिमिरेसहितलाई सिफारिस गरेको हो ।
सिफारिस हुनेमा घिमिरेसहित महिलातर्फ जानकी सिंह, डम्बरदेवी उपाध्याय र यमुना सापकोटा छन् । दलिततर्फबाट लोकबहादुर विश्वकर्मा सिफारिसमा परेका छन् ।
समानुपातिकमा पुरुषतर्फ शिवराज जोशी, गोविन्दबहादुर मल्ल, यज्ञबहादुर बिसी, धर्मराज गिरी, तीर्थजंग शाही, प्रेमप्रकाश खड्का सिफारिसमा परेका हुन् ।
प्रतिनिधिसभामा भने सुर्खेत २ बाट प्रत्यक्षमा हृदयराम थानी, श्याम भारती, टिएन योगी, निरञ्जन केसी र कमलबहादुर खत्री सिफारिसमा परेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया