NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

लिटमस केबल्सको चाडपर्वलक्षित स्किम : ‘वाइरिङ दमदार, घर शासानदार’

काठमाडौं । नेपालको एक लिडिङ केबल र कन्डक्टर्स ब्रान्डले यस चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी ‘वाइरिङ दमदार, घर शासानदार’ स्किम ल्याएको छ ।

यो योजनाअन्तर्गत, पाँच जना भाग्यशाली विजेताहरूले हरेक हप्ता भ्याकुम क्लिनर, एयर प्युरिफायर, मिनी रेफ्रिजरेटर, रेडमी नोट ११ प्रो, स्मार्ट वाच, इयरबड्स र ट्रिमर जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन् ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ५० हजार लिटमस केबल खरिद गरी तारिङ प्रक्रियाको फोटो सहितको बिल https://www.litmus.com.np/consumerscheme मा पठाउनु पर्नेछ ।

कार्तिक २५ गते, दुई भाग्यशाली विजेताले फ्रिज, वासिङ मेसिन, ५५’ टिभी र ल्यापटप जस्ता १० लाख बराबरका घरेलु उपकरणहरू जित्ने मौका पाउनेछन्। बिजेताले जितेको पुरस्कार घोषित भएको ३ देखि ५ दिन भित्र पाउन सक्नेछन र उक्त पुरस्कारको वितरण नजिकको डिलर/रिटेलर बाट गरिनेछ । थप जानकारीको लागि 9801914455/9801912017 वा लिटमस केवलल्सको फेसबुक पेज वा भाइवरमा लिटमम केवल सर्च गरी सम्पर्क गर्न सकिने छ ।

यो योजन २० भाद्र देखि २० कात्तिक सम्म २ महिनाको लागि मान्य हुने कम्पनीले जनाएको छ ।

सन् १९७७ मा स्थापना भएको लुम्बिनी विद्युत उद्योग प्रालि लिमिटेड नेपालको पहिलो एल्युमिनियम कन्डक्टर स्टिल रिइन्फोर्स्ड उत्पादन कम्पनी हो । यस कम्पनिले चार दशकदेखि एडभान्स जर्मन टेक्नोलोजी र लिटमस केबल्स ब्रान्ड नाममा उत्कृष्ट गुणस्तरका तारलहरू उत्पादन गर्दै आएको छ ।

लुम्बिनी विद्युत उद्योग प्रा लिमिटेड नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक र व्यापार समूह, रमेश कर्पोरेशनको संस्था हो । यो बुटवलको बुटवल औद्योगिक क्षेत्रमा अवस्थित रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष