मन्दिर पुगेका रणवीर र आलियाविरुद्ध किन लाग्यो नारा ?
उज्जैनको महाकाल मन्दिर दर्शन गर्नबाट बलिउडका चर्चित जोडी रणवीर कपुर र आलिया भट्टलाई अवरोध गरिएको छ । मंगलबार साँझ मन्दिर दर्शनका लागि पुगेका उनीहरूलाई हिन्दुवादी संगठनले अवरोध खडा गरेका हुन् ।
रणवीर र आलियाको फिल्म ब्रह्मास्त्र यही शुक्रबार रिलिज हुँदैछ । फिल्म रिलिजअघि दुवै जना आशीर्वाद लिन महाकाल मन्दिर पुगेका थिए । तर बजरंग दलका कार्यकर्ताले उनीहरूविरुद्ध नाराबाजी गर्दै रोके ।
समाचार एजेन्सी पिटिआइका अनुसार, स्थिति तनावग्रस्त बनेपछि प्रहरी नै परिचालन गरिएको थियो र प्रदर्शनकारी तितरबितर पार्न लाठी प्रहार गरिएको थियो । तैपनि, मन्दिर दर्शन गर्ने रणवीर र आलियाको चाहना पूरा हुन सकेन ।
रणवीर कपुर र आलिया भट्ट दर्शनका लागि पुगेपछि बजरंग दलका कार्यकर्ताले ‘जय श्री राम’ नारा लगाएका थिए । बजरंग दलका नेता अंकित चौबेले सञ्चारमाध्यमसँगको कुराकानीमा रणवीरले केही दिनअघि गाईको मासु मनपर्ने बताएकाले दर्शनका लागि पुगेका उनको अवरोध गरिएको बताए । केही दिनअघि मासुबारे सोधिएको जवाफमा मांसाहर कपूरले आफूलाई खसी, कुखुरा र गाईको मासु खान मनपर्ने बताएका थिए ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया