NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ८२ करोडमा सीमित

काठमाडौं । बुधबार नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बुधबार नेप्से ११.९७ अंकले घटेर १९३९.८८ विन्दुमा झरेको छ ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स १.७० अंकले घटेर ३७७.३८ विन्दुमा पुगेको छ । त्यसैगरी फ्लोट इण्डेक्स ०.८ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक घटेको छ ।

आज नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज कुल २२४ कम्पनीको २९ लाख ४३ हजार ७६९ रूपैयाँ बराबरको सेयर खरिदबिक्री हुँदा ८२ करोड ६२ लाख ३० हजार ५८२ रूपैयाँको कारोबार भएको छ ।

आज १३ उपसमूहमध्ये सामूहिक लगानीकोषबाहेक बाँकी उपसमूहको परिसूचक घटेको छ । सामूहिक लगानीकोषको सेयरमूल्य ०.७८ प्रतिशत बढेको छ । आज घटेका उपसमूहरूमा सबैभन्दा बढी व्यापारको २.४३ प्रतिशतले घटेको छ । त्यस्तै लगानीको १.३, विकास बैंकको १.०७ प्रतिशत घटेको छ ।

आज सनराइज फस्ट म्युचल फण्डको सबैभन्दा बढी बढेको छ । आज सो कम्पनीको सेयरमूल्य ७.७२ प्रतिशतबले बढेको छ । त्यस्तै अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ६.३८ प्रतिशतले बढेको छ भने लक्ष्मी उन्नति कोषको ५.१ प्रतिशतले बढेको छ । आज प्राइम डिवेन्चरको शेयरमूल्य ५.८८ प्रतिशत घटेको छ र त्यस्तै उन्नति सहकार्य लघुवित्तको ५.०९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । सो स्टकको यस दिन ५ करोड १५ लाख ६० हजार रूपैयाँको सेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन हिमालयन एभरेष्ट  इन्स्योरेन्सको ४ करोड ६१ लाख २९ हजार रूपैयाँको कारोबार भएको छ ।