आफ्नै उम्मेदवारलाई हराएर महामन्त्री जित्ने शर्मालाई देउवाले बनाए घोषणापत्र लेखनको कमाण्डर
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र लेख्ने जिम्मेवारी तोकेका छन् । देउवाले महामन्त्री विश्वप्रकाश शर्मालाई घोषणापत्र लेखनको जिम्मेवारी दिएका हुन् ।
‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाद्वारा पार्टी विधान बमोजिम महामन्त्री श्री विश्वप्रकाश शर्मालाई प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गर्नुभएको छ ।’ केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शर्मालाई १३ औं महाधिवेशनपछि सभापति देउवाले पार्टी प्रवक्ता बनाएका थिए । तर १४ औं महाधिवेशनका लागि महामन्त्रीमा देउवाले उम्मेदवार बनाउन नमानेपछि शर्मा प्रकाशमान सिंहको टिमबाट उठेर महामन्त्रीमा जित्न सफल भएका थिए ।
तर अर्को टिमबाट जिते पनि देउवाले शर्मालाई आगामी निर्वाचनको लागि घोषणापत्र तयारी समितिको संयोजक बनाएका हुन् । अब सदस्यहरू थपेर शर्माले काम थाल्नेछन् ।
शर्माले देउवा टिमकै महामन्त्रीका उम्मेदवार डा. प्रकाशशरण महत र प्रदीप पौडेललाई पराजित गर्दै महामन्त्री जितेका थिए ।
गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको घोषणापत्र लेखनको जिम्मा देउवाले अर्का महामन्त्री गगन थापालाई दिएका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया