NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

पिपुल्स हाइड्रोपावरले आइपिओ निष्काशन गर्दै

काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले भदौ ३१ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र दोर्दी गाँउपालिका (तत्कालिन ढोढेनी र फलेनी गाविस का वडा नं.६ र ७ र र लमजुङ्ग जिल्लाका बासिन्दाहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले १०० अंकित मूल्यका दरले जारी पूँजी ३ अर्ब २० करोडको १० प्रतिशतले हुन आउने प्रतिकित्ता ३२ लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । जसमध्ये अति प्रभावित क्षेत्र दोर्दी गाउँपालिका (तत्कालिन ढोढेनी र फलेनी गाविस का वडा नं.६ र ७ का स्थानिय बासिन्दाहरुका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता र लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता शेयर बाँडफाँड गरिने जनाएको छ ।

सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिने सक्नेछन् । उक्त आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । सोही अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असोज ३० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले उक्त आइपीओमा मेरो शेयर एप र वेवसाइटमार्फत आवेदन दिन सक्नेछन् । यसका साथै, ग्लोबल आईएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउण्डर, एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने छ ।

कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष