NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

ङादी ग्रुप पावरको हकप्रद सेयर बाँडफाँट

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयरको बाँडफाँट गरेको छ । कम्पनीले साउन १८ गते देखि भदौ ७ गते सम्म निष्काशन गरेको १५० प्रतिशत हकप्रद शेयरको बुधबार बाँडफाँड गरेको हो ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिएका शेयरधनीहरुमा ९३ लाख ४६ हजार ६९६ कित्ता शेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । यस आधारमा कम्पनीले विक्री नभएको १२ लाख ५७ हजार २९० कित्ता शेयर लिलामीमार्फत विक्री गर्नेछ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष