यी हुन् गएरातिको च्याम्यियन्स लिगका ८ खेलमा भएका ३ अप्रत्यासित नतिजा
काठमाडौं । गएराति आठ खेल भएसँगै युरोपियन च्याम्यिन्स लिग फुटबलको पहिलो चरण सकिएको छ ।
आठमध्ये तीन खेलमा अप्रत्यासित नतिजा आयो । जसमध्ये ६ पटकको विजेता लिभरपुलको सर्मनाक पराजय सबैभन्दा अप्रत्यासित थियो ।
इंग्लिस क्लब लिभरपुल तुलनात्मक कमजोर मानिएको इटालियन क्लब नापोलीसँग ४-१ ले स्तब्ध बन्यो ।
यस्तै, जर्मन क्लब बायर्न लेभरकुसन बेल्जियन च्याम्पियन क्लब ब्रुगसँग १-० ले स्तब्ध बन्यो । यसलाई पनि अप्रत्यासित नतिजा मानिएको छ ।
यसैगरी, अर्को जर्मन क्लब इन्ट्राच्ट फ्रान्कफर्ट पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनसँग ३-० गाल अन्तरले पराजित भयो । यो पनि अप्रत्यासित नतिजा हो ।
अन्य पाँच खेलमा भने स्वाभाविक नतिजा आएको विश्लेषण गरिएको छ । स्पेनिस क्लब बार्सिलोनाले चेक क्लब भिक्टारिया प्लाजानलाई ५-१ ले हरायो भने जर्मन महारथीले इटालियन क्लब इन्टर मिलानलाई २-० ले पराजित गर्यो ।
अर्को स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले पोर्चुगिज क्लब एफसी पोर्टोलाई २-१ ले हराउँदा इंग्लिस क्लब टोटनहमले फ्रेन्च क्लब मार्सेईलाई २-० ले पाखा लगायो ।
यस्तै, डच क्लब आयाक्सले स्कटिस क्लब रेन्जर्सलाई ४-० ले स्तब्ध बनायो ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया