NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

काठमाडाैं । बिहीबार नेप्से झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बिहीबारर नेप्से २.१३ अंकले घटेर १९३७.७४ विन्दुमा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स १.११ अंकले घटेर ३७६.८४ विन्दुमा पुगेको छ । त्यसैगरी फ्लोट इण्डेक्स ०.०६ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ अंक बढेको छ ।

आज नेप्से घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । केही दिनयता कारोबार रकम करोडमा भइरहेको अवस्थामा आज अर्बको कारोबार भएको हो । आज कुल २२७ कम्पनीको ३४ लाख एक हजार ६९२ रूपैयाँ बराबरको सेयर खरिदबिक्री हुँदा एक अर्ब ४ करोड ४३ लाख ७९ हजार ६ सय रूपैयाँको कारोबार भएको छ । बुधबार ८२ करोड ६२ लाख ३० हजार ५८२ रूपैयाँको कारोबार भएको थियो ।

आज १३ उपसमूहमध्ये ६ उपसमूहको सेयरमूल्य बढेको छ । जसमा सबैभन्दा बढी विकास बैंकको १.०८ प्रतिशत बढेको छ । त्यस्तै होटल तथा पर्यटन ०.४२, जलविद्युत ०.६३, वित्त १.३७, नीर्जीवन ०.९२ र लगानी ०.०३ प्रतिशतले बढेको छ ।

बिहीबार अन्य उपसमूहको सबैभन्दा धेरै १.३३ प्रतिशतले सेयरमूल्य घटेको छ । त्यस्तै बैंकिङको ०.३१, व्यापार ०.९४, उत्पादन ०.२७, लघुवित्त ०.०४, जीवन बिमा ०.२७ र सामूहिक लगानीकोष ८८ प्रतिशतले घटेको छ ।

आज ग्लोबल आइएमइ लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ४.४९ प्रतिशतले कमाएका छन् । त्यस्तै मल्टीपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले ४.०९ प्रतिशतले कमाएका छन् ।

त्यस्तै आज सामूदायिक लघुवित्तका लगानीकर्ताले ६.४९ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै अप्पर हेवाखोला हाइड्रोपावरको ५.५६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन एभरेष्ट  इन्स्योरेन्सशीर्ष स्थानमा रहेको छ । सो स्टकको यस दिन १३ करोड १० लाख ४५ हजार ३६५ रूपैयाँको कारोबार भएको छ । त्यसैगरी, रिदी पावर कम्पनीको  ४ करोड ४४ लाख ८१ हजार रूपैयाँको कारोबार भएको छ ।