इथियोपियाको भोकमरी क्षेत्रमा युक्रेनबाट खाद्यान्न पुग्यो
काठमाडाैं । खाद्यान्न बोकेका कैयौँ ढुवानी सेवाहरु युक्रेनबाट इथियोपयाको भोकमरीग्रस्त क्षेत्रमा पुगेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ । संयुक्त राष्ट्रसंघीय महासचिवका प्रवक्ताले विश्व खाद्य कार्यक्रमका ती ढुवानीहरु युक्रेनबाट इथियोपिया पुगेका बताएका छन् ।
संयुक्त राष्ट्रसंघीय प्रवक्ताका अनुसार इथियोपियामा खाद्यान्नको अभाव भएको र सो क्षेत्रमा पछिल्ला केही महिना यतादेखि भोकमरी नै सुरु भएकाले ती क्षेत्रमा मानवीय सहायतास्वरुप ती खाद्यान्नका ढुवानी पठाइएको बताइएको हो ।
सो खाद्यान्न आगामी महिना दिनसम्मका लागि सहयोग उपलब्ध गराइने छ । युक्रेनको बाटो हुँदै ती सामग्री त्यहाँ लैजानका लागि संयुक्त राष्ट्रसङ्घ र टर्कीले मध्यस्थता गरेका छन् । संयुक्त राष्ट्रसङ्घ र टर्कीको पहलबाट युक्रेन हुदै इथियोपियासम्म पु-याइएको हो ।
आगामी महिना दिनसम्मका लागि सो खाद्यान्नको सहयोग पु¥याइने छ । एक महिनामा यहाँका कम्तीमा पनि १५ लाख मानिसका लागि सहयोग गरिने छ ।
इथियोपियाको आदमा शहरमा सो खाद्यान्न भण्डारण गरिएको छ र ती डुवानीहरु त्यहीँबाट फर्काइएको बताइएको छ ।आदमा शहरमा विश्व खाद्य कार्यक्रमको कार्यालय रहेका स्थानमा ती खाद्यान्न भण्डारण गरिने र आगामी हप्तादेखि सो खाद्यान्न वितरण गरिने पनि जनाइएको छ ।
आन्तरिक द्वन्द्व तथा खडेरी आदि कारणले गर्दा यहाँ भोकमरी सुरु भएपछि सो आदमा शहर र त्यसको वरपर लाखौँ इथियोपियाली विस्थापित भएर बसेका छन् ।उनीहरुका लागि सो खाद्यान्न वितरण गरिने संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया