NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

भारतले चामल निर्यातमा २० प्रतिशत कर लगायाे, नेपालमा चामलको मूल्य झन् बढ्ने

काठमाडाैं । भारतले चामलमा २० प्रतिशत निर्यात कर लगाएको छ । सबैभन्दा बढी चामल आयात गर्दै आएको सो मूलुकले निर्यात कर बढाउँदा त्यसको प्रत्यक्ष असर नेपालले भेग्नुपर्ने भएको छ ।

विश्वको सबैभन्दा धेरै चामल ढुवानी गर्ने भारतले घरेलु आपूर्ति सुरक्षित गर्न केही निर्यातमा कर लगाएको बताइएको छ । यो कदमले विश्वव्यापी खाद्य बजारमा थप हड्ताल र भोकमरीको अवस्था निम्तिन सक्ने विश्लेषणसमेत हुन थालेको छ ।

भारतीय अर्थ मन्त्रालयका अनुसार ब्राउन चामलमा २० प्रतिशत,सेमी मिल्ड र होली मिल्ड चामल, परबोइल्ड र बासमती जात बाहेकमा समान शुल्क हुनेछ । नेपालले भारतबाट गत आर्थिक वर्ष ७८/७९ मा मात्रै ३० अर्ब ५८ करोड २९ लाख ५८ हजार रुपैयाँ बराबरको ५७ करोड ८७ लाख ६७ हजार ३६७ केजी चामल आयात गरेको छ ।

भारतले चामल निर्यातमा कर लगाएपछि भारतीय चामलको मूल्य वृद्धि हुने छ । यसले खाद्यान्नको  अभाव सिर्जना हुने संकेतसमेत देखिएको छ ।