भारतले चामल निर्यातमा २० प्रतिशत कर लगायाे, नेपालमा चामलको मूल्य झन् बढ्ने
काठमाडाैं । भारतले चामलमा २० प्रतिशत निर्यात कर लगाएको छ । सबैभन्दा बढी चामल आयात गर्दै आएको सो मूलुकले निर्यात कर बढाउँदा त्यसको प्रत्यक्ष असर नेपालले भेग्नुपर्ने भएको छ ।
विश्वको सबैभन्दा धेरै चामल ढुवानी गर्ने भारतले घरेलु आपूर्ति सुरक्षित गर्न केही निर्यातमा कर लगाएको बताइएको छ । यो कदमले विश्वव्यापी खाद्य बजारमा थप हड्ताल र भोकमरीको अवस्था निम्तिन सक्ने विश्लेषणसमेत हुन थालेको छ ।
भारतीय अर्थ मन्त्रालयका अनुसार ब्राउन चामलमा २० प्रतिशत,सेमी मिल्ड र होली मिल्ड चामल, परबोइल्ड र बासमती जात बाहेकमा समान शुल्क हुनेछ । नेपालले भारतबाट गत आर्थिक वर्ष ७८/७९ मा मात्रै ३० अर्ब ५८ करोड २९ लाख ५८ हजार रुपैयाँ बराबरको ५७ करोड ८७ लाख ६७ हजार ३६७ केजी चामल आयात गरेको छ ।
भारतले चामल निर्यातमा कर लगाएपछि भारतीय चामलको मूल्य वृद्धि हुने छ । यसले खाद्यान्नको अभाव सिर्जना हुने संकेतसमेत देखिएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया