NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

च्याम्पियन्स लिगको जारी सिजनमा को छ सर्वाधिक गोलकर्ता ?

काठमाडौं । क्लब फुटबलमा सर्वाधिक प्रतिष्ठित मानिने युरोपियन च्याम्पियन्स लिगमा सबै ३२ वटा टोलीले एक-एक खेल खेलिसकेका छन् । यसबीचमा केही अप्रत्यासित नतिजासमेत आए ।

इंग्लिस महारथीहरू चेल्सी, लिभरपुल तथा इटालियन क्लब युभेन्टस पराजित भए ।

पहिलो चरणका खेल सकिँदा एक खेलाडीले ह्याट्रिक गरे । उनी हुन् यसै सिजन जर्मन क्लब बायर्न म्युनिखबाट स्पेनिस क्लब बार्सिलोना गएका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्की ।

उनले चेक क्लब भिक्टोरिया प्याजनविरुद्ध ह्याट्रिक गरेका हुन् । लेवान्डोस्की जारी च्याम्यियन्स लिगमा सर्वाधिक गोलकर्ता रहेका छन् । उनको नाममा तीन गोल छ ।

यस्तै, दुई गोल गर्ने खेलाडी पाँचजना छन् । जसमा युक्रेनी क्लब शाख्तर डोनेस्कका युक्रेनकै खेलाडी मारियन साभेद, इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट खेल्ने नर्वेली स्ट्राइकर अर्लिङ हालाण्ड, इटालियन क्लब नापोलीका पोलिस खेलाडी पिओट्र जिलिन्स्की छन् ।

यसैगरी, फ्रेन्च क्लब पिएसजीका केलियन एम्बाप्पे र टोटनहम हटस्परका ब्राजिलियन फरवार्ड रिचार्लिसनको नामा पनि समान दुई गोल छ । एम्बाप्पे फ्रेन्च खेलाडी हुन् ।

यी हुन् गएरातिको च्याम्यियन्स लिगका ८ खेलमा भएका ३ अप्रत्यासित नतिजा