टाटा मोटर्सले ल्याउँदै अहिलेसम्मकै सस्तो इलेक्ट्रिक कार
काठमाडौं । भारतीय कार कम्पनी टाटाले चाँडै सस्तो इलेक्ट्रिक कार ल्याउने भएको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीका वरिष्ठ अधिकारीहरूले चाँडै १२.५० लाख भारतीय रूपैयाँभन्दा कम मूल्यको इलेक्ट्रिक ह्याचब्याक कार ल्याउन सक्ने जानकारी दिएका छन् ।
जानकारीका अनुसार कम्पनीले चाँडै नै यस्तो इलेक्ट्रिक कार लन्च गर्ने छ जसको मुल्य टिगोर इभीभन्दा कम हुनेछ । कम्पनीले चालु आर्थिक वर्षमा ५० हजार इभी कार बिक्री गर्ने लक्ष्य लिएको छ ।
अटो क्षेत्रमा इभी कारको लोकप्रियता लगातार बढिरहेको छ । आर्थिक वर्ष सन् २०१९ मा दुई हजार विद्युतीय सवारी साधन बिक्री भएको थियो भने यो वर्ष हालसम्म २० हजारभन्दा बढी सवारीसाधन बिक्री भएका छन् । यो आर्थिक वर्षमा ५० हजार सवारीसाधन बिक्री हुने अपेक्षा गरिएको छ ।

स्वदेशी कम्पनी टाटाले हालसम्म १७ हजार सवारीसाधन बिक्री गरिसकेको छ भने आर्थिक वर्ष २०२३ मा कम्पनीले ५० हजार विद्युतीय सवारीसाधन बिक्री गर्ने लक्ष्य राखेको छ । यसका लागि कम्पनीले सानन्द प्लान्टबाट तीन लाख युनिट थप क्षमता ल्याउने प्रयास गरिरहेको छ ।
हाल टाटा मोटर्सले भारतीय बजारमा दुईवटा इभी कार बिक्री गरिरहेको छ। यसमा टाटा नेक्सन, टिगोर समावेश छ। टिगोर इभी एकपटक पूर्ण चार्ज गर्दा ३०६ किलोमिटरसम्म गुड्छ । यो इभीलाई ६५ मिनेटमा शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। नेक्सन इभीको प्रारम्भिक मूल्य १२.४९ लाख भारु छ। द्रुत चार्जरको साथ ६० मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया