बेलायतका नयाँ राजाको पहिलो सम्बोधन- जीवनभर सेवामा समर्पित हुन पाऊँ
काठमाडौं (एजेन्सी) । बेलायतका नयाँ राजा चार्ल्स तृतीयले राजाको जिम्मेवारी सम्हालेपछि पहिलो सम्बोधन गरेका छन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफू पनि आफ्नी आमाले झै आफ्नो जीवन पूरै सेवामा समर्पित गर्ने घोषणा गरे । द
बेलायतकी महारानी एलिजावेथ द्वितीयको गत बिहीबार निधन भएपछि उनका जेठा छोरा चार्ल्स तृतीयले राजाको जिम्मेवारी पाएका छन् ।
राजाको रूपमा पहिलो सम्बोधन गर्ने क्रममा उनले आफू आफ्नो माताको निधनबाट अत्यन्त दुखी रहेको उल्लेख गरे ।
उनले आफ्नी आमालाई आफू र आफ्नो परिवारका लागि प्रेरणा र उदाहरणको पात्रका रूपमा चित्रित गर्दै उनको प्रेम, स्नेह, मार्गदर्शन, बुझाइ र उदाहरणका लागि अरू परिवारले आफ्नी आमासँग महसुस गर्ने जस्तै गरी आफू पनि ऋणी रहेको बताए ।
उनले भने, “महारानी एलिजाबेथको जीवन सार्थक रह्यो, उहाँले नियतिका साथ गरेको प्रतिबद्धता पूरा गर्नुभयो र उहाँको निधनमा गहिरो दुःख छ ।”
अहिले आफूहरूसँगै बेलायतका बासिन्दा, उनी राष्ट्रप्रमुख रहेका सबै देशहरू, राष्ट्रमण्डल र विश्वभरका शुभेच्छुकहरू पनि दुःखी रहेको राजा चार्ल्सले सबैप्रति कृतज्ञता व्यक्त गरे ।
“मेरी आमाले ७० वर्षभन्दा लामो समयदेखि यति धेरै देशका मानिसको सेवा गरेकोमा हामी उहाँप्रति पनि कृतज्ञता प्रकट गर्न चाहन्छौँ,” उनले भने ।
एक शासकका रूपमा महारानी एलिजावेथ द्वितीयको समर्पण र प्रतिबद्धतामा जीवनभरि कहिल्यै कम नभएको पनि उनले उल्लेख गरे ।
राजनीतिक तथा पारिवारिक जीवनमा आएका उथलपुथल, खुशी, दुःख, समस्या आदि कुनै पनि बेला उनी विचलित नभएको राजा चार्ल्सले स्मरण गरे ।
उनले राजगद्दीको जिम्मेवारी सम्हालेदेखिको ७० वर्षको दौरानमा समाज, विविध संस्कृति र विश्वासमा परिवर्तन भएपनि त्यसको सामना गर्नु ठूलो चुनौतीका रूपमा राजा चार्ल्सले उल्लेख गरे ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया