उत्तरपूर्वी मेक्सिकोमा सडक दुर्घटना १८ को मृत्यु
काठमाडाैं । उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्यांकर ट्रकले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको राज्यको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । बस क्यास्टानुएलास टुर्स कम्पनीको रहेको जनाइएको छ ।
हुजुटला नगरपालिकाबाट जाँदै गर्दा हिडाल्गो नगरपालिकानजिकै भिक्टोरिया–मोन्टेरी राजमार्गमबाट ६७ किलोमिटर टाढा सो दुर्घटना भएको हो । दुर्घटनापछि ट्रकका चालक फरार भएको प्रत्यक्षदर्शीले जनाएका छन् । दुर्घटनाको अनुसन्धान गर्न राजमार्ग बन्द गरिएको छ ।
राष्ट्रिय सार्वजनिक सुरक्षा प्रणालीका अनुसार यस वर्षको जनवरीदेखि जुलाईसम्म मेक्सिकोमा सवारी दुर्घटनामा ९ हजार ३ सय १५ जनाको मृत्यु भएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया