NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ७४ करोडमा खुम्चियो

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से ११.४७ अंकले घटेर १९२६.२८ विन्दुमा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स २.०६ अंकले घटेर ३७४.७८ विन्दुमा पुगेको छ । त्यसैगरी फ्लोट इण्डेक्स ०.६७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंक घटेको छ । आज नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज कुल २२१ कम्पनीको २५ लाख २४ हजार २२८ रूपैयाँ बराबरको सेयर खरिदबिक्री हुँदा ७४ करोड ७२ लाख २६ हजार ६२५ रूपैयाँको कारोबार भएको छ ।

आज १३ उपसमूहमध्ये अन्य उपसमूहको सेयरमूल्य बढेको छ । जसको सेयर मूल्य ०.२९ प्रतिशत बढेको छ । आज सबैभन्दा बढी जलविद्युतको १।५५ प्रतिशतले सेयरमूल्य घटेको छ । त्यस्तै बैंकिङको ०.२५, व्यापार ०.६, होटल तथा पर्यटन १।४१, विकास बैंक १.५३, वित्त १.३७, नीर्जीवन ०.४९, उत्पादन ०.१२, लघुवित्त ०.८३, जीवन बिमा ०.४३, सामूहिक लगानीकोष ०.५७ र लगानी १.०८ प्रतिशतले घटेको छ ।

आज मैलुङ खोला जलविद्युतका लगानीकर्ताले सबैभन्दा धेरै ४.५६ प्रतिशतले कमाएका छन् । त्यस्तै सामूदायिक लघुवित्त वित्तिय संस्था ३.८९, दोर्दीखोला जलविद्युत २.३१ प्रतिशतका दरले कमाएका छन् । आइतबार हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै ५.८२ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै सानिमा लार्ज क्याप फण्ड ५.३७, छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ५.३३ प्रतिशतका दरले गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो स्टकको यस दिन ३ करोड ९५ लाख ७८ हजार ४७१ रूपैयाँको कारोबार भएको छ । त्यसैगरी, नबिलको ३ करोड १७ लाख ५० हजार रूपैयाँको कारोबार भयो । रिदी पावर कम्पनीको २ करोड ७५ लाख ६४ हजार रूपैयाँको कारोबार भएको छ ।