अलमुताइरीले गरे नेपाली राष्ट्रिय फुटबल टोली छोडेको घोषणा
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
उनले केहीबेरअघि सामाजिक सञ्जालमार्फत ५२५ दिनपछि आफ्नो कार्यकाल सकिएको घोषणा गरेका हुन् ।
सिनियर खेलाडीहरूसँगको विवादका कारण अलमुताइरी पछिल्लो समय विदामा थिए ।
उनको अनुपस्थितिमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रदीप हुमागाईँलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
हुमागाईँको प्रशिक्षणमा नेपालले केही सातापछि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
अलमुताइरीको प्रशिक्षणमा नेपाल साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुगेको थियो ।
पछिल्लो समय एन्फामा नयाँ नेतृत्व आएपछि अलमुताइरी राष्ट्रिय टोली छोडेर स्वदेश फर्किएका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया