NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

विहे गर्दै कमल र मेलिना

काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनाली विवाह बन्धनमा बाँधिने भएका छन् । इन्गेज्मेन्टका तस्बिर सामाजिक सञ्जालमा राख्दै मेलिना स्वयम्ले यसको जानकारी दिएकी हुन् ।

‘जीवनको नयाँ यात्राको सुरुवात हजुरसँग हुनु नै मेरो जीवनकै सबैभन्दा सुखद पक्ष हो । जीवनभर होस् हजुरको माया अनि परिवारको साथ,’ उनले फेसबुकमा लेखेकी छिन्, ‘जीवनको हरेक उतारचढावमा सदैब एकअर्काको साथमा रहने बाचा गर्दै हामीले रितिरिवाजअनुसार इन्गेज्मेन्ट गरेका छौ ।’

कमल स्थापित गायक हुन् भने मेलिना उदीयमान गायिका हुन् । यी दुवै केही समयअघिदेखि प्रेम सम्बन्धमा थिए ।

विहे कहिले गर्ने भनेर चाहिँ मेलिनाले खुलाएकी छैनन् ।