चोलेन्द्रको बयान : देउवा, प्रचण्ड र डिनाले राजीनामा दिए महाभियोग फिर्ता लिन्छौं भनेका थिए
काठमाडौं । महाभियोग सिफारिस समितिलाई बयान दिइरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्ता गठबन्धनका केही नेताबाट आफूलाई राजीनामा दिए महाभियोग फिर्ता गर्छौं भन्ने प्रस्ताव आएको बताएका छन् ।
आइतबार बयान दिँदै उनले कांग्रेस सभापतिसमेत रहेका देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महालक्ष्मी उपाध्याय डिनालगायत सत्ता गठबन्धन दलका नेताहरूले राजीनामा दिए सहजीकरण गर्ने प्रस्ताव राखेको उनले दाबी गरे ।
ती नेताहरूले आफूलाई राजीनामा दिन आग्रह गर्दै दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउने कुरा भनेको उनले खुलाए ।
‘महाभियोग फिर्ता लिन्छौं, एक डेढ महिना तपाईं काम गर्नुस्, एक डेढ महिनापछि दीपकलाई दिए हुन्छ भनेर राजनीतिक दलका शीर्ष नेताले भनेका थिए,’ उनले भने ।
कार्की वर्तमान कायममुकायम प्रधानन्यायाधीश हुन् ।
सर्वोच्चको भवन ठेक्कामा चोलेन्द्रले ओली र विष्णु पौडेलको नाम लिएपछि…
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया