चोलेन्द्रको बयान : देउवा, प्रचण्ड र डिनाले राजीनामा दिए महाभियोग फिर्ता लिन्छौं भनेका थिए
काठमाडौं । महाभियोग सिफारिस समितिलाई बयान दिइरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्ता गठबन्धनका केही नेताबाट आफूलाई राजीनामा दिए महाभियोग फिर्ता गर्छौं भन्ने प्रस्ताव आएको बताएका छन् ।
आइतबार बयान दिँदै उनले कांग्रेस सभापतिसमेत रहेका देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महालक्ष्मी उपाध्याय डिनालगायत सत्ता गठबन्धन दलका नेताहरूले राजीनामा दिए सहजीकरण गर्ने प्रस्ताव राखेको उनले दाबी गरे ।
ती नेताहरूले आफूलाई राजीनामा दिन आग्रह गर्दै दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउने कुरा भनेको उनले खुलाए ।
‘महाभियोग फिर्ता लिन्छौं, एक डेढ महिना तपाईं काम गर्नुस्, एक डेढ महिनापछि दीपकलाई दिए हुन्छ भनेर राजनीतिक दलका शीर्ष नेताले भनेका थिए,’ उनले भने ।
कार्की वर्तमान कायममुकायम प्रधानन्यायाधीश हुन् ।
सर्वोच्चको भवन ठेक्कामा चोलेन्द्रले ओली र विष्णु पौडेलको नाम लिएपछि…
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया