पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रजापति
पोखरा । पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य सङ्घको ३४ औँ महाधिवेशनबाट अध्यक्ष पदमा पवनकुमार प्रजापति विजयी भएका छन् ।
यही भदौ २४ र २५ गते सम्पन्न महाधिवेशनअन्तर्गत भएको मतदानको आइतबार साँझ घोषणा गरिएको अन्तिम मतपरिणामअनुुसार उनले एक हजार छ सय १३ मत प्राप्त गरे । नवनिर्वाचित प्रजापति सङ्घको वरिष्ठ उपाध्यक्ष थिए ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योगतर्फको उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य र महासचिवमा बलराम आचार्य विजयी भएका छन् ।
त्यसैगरी कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला, उपमहासचिवमा शोभा गौतम र सदस्यमा प्रभा सुवेदी, बालकृष्ण कोइराला, सुदीप प्रधानाङ्ग, दिलीपकुमार श्रेष्ठ, भरत केसी, कृष्णप्रसाद कोइराला, भीम गौतम, माधव बस्ताकोटी, मनोजकुमार श्रेष्ठ र सुदीप ओझा विजयी भएका छन् । वस्तुगत सदस्यतर्फ जीवनप्रकाश श्रेष्ठ, प्रेमप्रसाद सुवेदी, लेखनाथ सुवेदी र लीलाधर चापागाईँ विजयी भएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया