NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

श्रीलंकाविरुद्ध नेपालको फराकिलो जित, समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं । श्रीलंकालाई फराकिलो अन्तरले हारउँदै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थिति दशरथ रङ्गशालामा आज भएको खेलमा नेपाल श्रीलंकालाई ६–० गोलअन्तरले हराउँदै समूह बीको विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

नेपालले मध्यान्तरअघि नै ४ गोलको अग्रता लिएको थियो । नेपालका लागि सरु लिम्बू, रश्मीकुमारी घिसिङ, अमृता जैसी र दीपा शाहीले एक–एक गोल गरे ।

सरुले खेलको १०औँ मिनेटमा गोल गरिन् भने रश्मीले खेलको ११औँ मिनेटमा गोल गरिन् । अमृताले १७औँ मिनेटमा गोल गर्दा दीपाले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गरिन् ।

७५ औं मिनेटमा गोल गरेकी अमिसा कार्कीले दोस्रो हाफको इन्जुरी समयमा अर्को गोल थपेपछि नेपालले खेल ६–० ले जितेको हो ।

नेपाल समूह विजेता बनेपछि यो समूहबाट भुटान उपविजेता बनेको छ ।

समूह एबाट भारत र बंगलादेश यसअघि नै सेमिफाइलनमा पुगिसकेका छन् । भारत र बंगलादेशबीच हुने समूह चरणको खेलको नजितापछि मात्र नेपाल र भुटानका सेमिफाइनलका प्रतिद्वन्द्वीको टुंगो लाग्नेछ ।

श्रीलंकाविरुद्ध यसकारण खेल्दैछैनन् सावित्रा !

भुटानविरुद्ध नेपालको फराकिलो जित