श्रीलंकाविरुद्ध नेपालको फराकिलो जित, समूह विजेता बन्दै सेमिफाइनलमा
काठमाडौं । श्रीलंकालाई फराकिलो अन्तरले हारउँदै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थिति दशरथ रङ्गशालामा आज भएको खेलमा नेपाल श्रीलंकालाई ६–० गोलअन्तरले हराउँदै समूह बीको विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।
नेपालले मध्यान्तरअघि नै ४ गोलको अग्रता लिएको थियो । नेपालका लागि सरु लिम्बू, रश्मीकुमारी घिसिङ, अमृता जैसी र दीपा शाहीले एक–एक गोल गरे ।
सरुले खेलको १०औँ मिनेटमा गोल गरिन् भने रश्मीले खेलको ११औँ मिनेटमा गोल गरिन् । अमृताले १७औँ मिनेटमा गोल गर्दा दीपाले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गरिन् ।
७५ औं मिनेटमा गोल गरेकी अमिसा कार्कीले दोस्रो हाफको इन्जुरी समयमा अर्को गोल थपेपछि नेपालले खेल ६–० ले जितेको हो ।
नेपाल समूह विजेता बनेपछि यो समूहबाट भुटान उपविजेता बनेको छ ।
समूह एबाट भारत र बंगलादेश यसअघि नै सेमिफाइलनमा पुगिसकेका छन् । भारत र बंगलादेशबीच हुने समूह चरणको खेलको नजितापछि मात्र नेपाल र भुटानका सेमिफाइनलका प्रतिद्वन्द्वीको टुंगो लाग्नेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया