NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

न्युजिल्याण्डमा कोभिडबाट करिब दुई हजार संक्रमित, ४६को मृत्यु

काठमाडाैं । न्युजिल्याण्डमा कोभिडबाट सोमबार मात्र करिब दुई हजार जना संक्रमित भएको बताइएको छ । त्यहाँका स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ कोभिडबाट एक हजार नौ सय ४१ जना संक्रमित भएका हुन् ।

सो मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार उक्त संक्रमण गएका केही हप्ताको तुलनामा अहिले कम हुदै गएको छ । साथै सोमबार यहाँका ४६ जना संक्रमित त यो संक्रमणबाट मृत्यु भएको पनि बताएका छन् ।

जुलाई महिनाको सुरुको हप्तामा यहाँ दैनिक नै दश हजार जनामा संक्रमण हुने गरेको थियो । तर पछिल्लो समयमा यो सङख्या घट्दै गएको र अहिले आएर दैनिक क दुई हजार जनामा मात्र यो सङ्क्रमण भएको पाइएको बताइएको छ ।

यहाँ कोभिडको संक्रमण सुरु भएदेखि सन् २००० यतादेखि अहिलेसम्म १७ लाख भन्दा बढीमा यो संक्रमण भएको बताइएको छ । त्यहाँ यो संक्रमणबाट  मन्त्रालयले दिएको जानकारी अनुसार यो सङ्क्रमणबाट यहाँका एक हजार ९६२ जना व्यक्तिको मात्र निधन भएको जनाएको छ ।