सरकारले विश्व बैंकबाट ३५ अर्ब सहुलियत ऋण लिने

काठमाडाैं । सरकारले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर) सहुलियत ऋण लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि यो ऋण सहायता स्वीकृत गरिएको उनको भनाइ छ ।
यसभन्दा अगाडि विश्व बैंकले करिब १२ अर्ब ७५ करोड (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सम्झाैता भइसकेको छ ।
प्रतिक्रिया