‘पाँचौं ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकामा आयोजना हुने
काठमाडौं । ‘आफ्नै नाम, आफ्नै शान आफ्नै पहिचान गाँउदेखि विश्वसम्म’ भन्ने नारासहित ग्लोबल नेपाली फिल्म अवार्डको पाँचौँ संस्करण आगामी अक्टोबरको १३, १४ र १५ तारिखमा अमेरिकाको डेनभर कोलोराडोमा आयोजना हुने भएको छ ।
नेपाली चलचित्रलाई विश्वसामु परिचित गराउने उद्देश्यले नेपाल अमेरिका सम्बन्धको ७५औँ वार्षिकोत्सवका उपलक्ष्यमा फिल्म फेस्टिवलको आयोजना हुन लागेको पाँचौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए ।
एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रायोजन र सुनिल पाठक एजेन्ट अल स्टेट इन्स्योरेन्स कम्पनीको सहप्रायोजनमा नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड गोल्डेन स्टेट मुभी मेकर र मिडिया हाउस एलएलसीले संयुक्तरुपमा उक्त कार्यक्रम आयोजना गर्न लागेका हुन् । अवार्डका अघिल्ला चार संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए ।
ग्लोबल नेपाली फिल्म अवार्डको अर्को उद्देश्य नेपाललाई विदेशी चलचत्रिकर्मी माझ चिनाउने र हलिउडका सिनेकर्मीलाई फिल्म सुटिङका लागि नेपाल आमन्त्रण गर्ने, नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीको पुनःमिलन गराउने उद्देश्य रहेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया