NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

पाँच दिनको लगातार गिरावटपछि बढ्यो नेप्से, कारोबार रकम करोडमै खुम्चियो

काठमाडाैं । लगातार पाँच दिनसम्म घटेपछि मंगलबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से नेप्से २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स ३.८३ अंकले बढेर ३७६.१७ विन्दुमा पुगेको छ । त्यसैगरी फ्लोट इण्डेक्स १.७१ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स १.५९ अंक घटेको छ । आज नेप्से बढेसँगै कारोबार रकममा सुधार देखिएतापनि कारोबार करोडमै खुम्चियो । आज कुल २३१ कम्पनीको ३१ लाख ४६ हजार ९९६ रूपैयाँ बराबरको सेयर खरिदबिक्री हुँदा ९२ करोड २५ लाख ७४ हजार ४१० रूपैयाँको कारोबार भएको छ ।

आज १३ उपसमूहमै हरियाली छाएको छ । आज सबैभन्दा बढी वित्तको सेयरमूल्य २.१३ प्रतिशतले बढेको छ । त्यस्तै उत्पादनको १.८७, विकास बैंकको १.७५, होटल तथा पर्यटनको १.१६, व्यापारको १.५, अन्यको १.१५ लघुवित्तको १.२४, जीवन बीमाको १.०६, लगानीको १.५७ प्रतिशतले बढेको छ ।

त्यसैगरी बैंकिङको ०.८४, जलविद्युतको ०.९७,  नीर्जीवनको ०.७५ र सामूहिक लगानीकोषको ०.७६ प्रतिशतले बढेको छ ।

मंगलबार बोटर्लस नेपालको सेयरमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ७.७६, सानिमा लार्ज क्याप ६.६७, युनिभर्सल पावर, ६.६७ र रिभर फल्स पावरका कम्पनीका लगानीकर्ताले ४.२४ प्रतिशतका दरले कमाएर शीर्ष पाँच स्थानमा प्रवेश गरेका छन् ।

सोमबार नेपाल बैंक डिवेञ्चरका लगानीकर्ताले सबैभन्दा धेरै ९.९ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै राष्ट्रिय बीमा कम्पनी २.३६, सामूदायिक लघुवित्त वित्तिय संस्था २.१, सिदार्थ इन्भेष्टमेन्ट १.६९ र युनाइटेड  आइडिएलका लगानीकर्ताले १.६२ प्रतिशतका दरले गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा नबिल बैंक ५ करोड ९४ लाख ८९ हजार २४५ रूपैयाँको कारोबार भएको छ । त्यसैगरी रिदी पावर कम्पनी २ करोड ७९ लाख ५८ हजार ९५७, हिमालयन डिष्टिलरी २ करोड ५६ लाख ७१ हजार, अपी पावर कम्पनी २ करोड २७ लाख ७९ हजार  र नेपाल रि इन्स्योरेन्स कम्पनीले २ करोड ५ लाख ७५ हजार रूपैयाँको कारोबार गरेर शीर्ष पाँचमा प्रवेश गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष