एनसेलको दशैं अफर : रिचार्ज गर्दा ४० रुपैयाँसम्म बोनस पाइने

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले हरेक दिन १०० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० रुपैयाँसम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन् ।
यो योजना भदौ २८ गते मंगलबारदेखि संचालनमा आएको कम्पनीले जनाएको छ । यो योजनाअन्तर्गत एनसेलका ग्राहकले १०० रुपैयाँको रिचार्ज गर्दा १ दिन मान्य रहने १० रुपैयाँ बोनस स्वरुप प्राप्त गर्नछन् ।
यो योजनाअन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइने कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत यदि ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि १५० रुपैयाँ रिचार्ज गरेमा २० रुपैयाँ बोनस स्वरुप प्राप्त गर्छन् । प्राप्त बोनस रकम ३ दिनको लागि मान्य रहन्छ ।
त्यस्तै ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि २०० रुपैयाँ वा सो भन्दा बढीको रिचार्ज गरेमा ग्राहकले ४० रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्छन् र यो बोनस रकम ७ दिनको लागि मान्य हुन्छ ।
यो योजनाअन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्छन् । प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् ।
आफ्ना ग्राहकका लागि १०० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा बोनस ब्यालेन्स सुनिश्तित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ ।
यस योजनाले ग्राहकलाई चाडवाडको अवसरमा परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन र शुभकामना आदान प्रदान गर्नमा थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया