प्रधानमन्त्री मोदीले रुस र उज्वेकिस्तानका राष्ट्रपतिसँग भेट गर्दै
काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानको समरकन्दमा साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग द्विपक्षीय बैठक गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग प्रधानमन्त्री मोदीको द्विपक्षीय भेट लगभग तय भइसकेको छ ।
ती भेटहरू समरकन्दमा एससीओ शिखर सम्मेलनको क्रममा हुने स्रोतले एएनआईलाई बताएको छ । युक्रेन सङ्कटपछि रुसी राष्ट्रपति र मोदीबीचको यो पहिलो भेटवार्ता हुन लागेको पनि स्रोतले थप जानकारी दिएको छ ।
सङ्कट सुरु भएपछि दुई नेताले फोनवार्ता भने गर्नुभएको थियो । सेप्टेम्बर १४ बाट उज्वेकिस्तानको समरकन्दमा सुरु हुने शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले अन्य द्विपक्षीय भेटघाट पनि गर्नुहुने समाचारमा जनाइएको छ ।
रुसी राष्ट्रपति र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच पनि एससीओ शिखर सम्मेलनको क्रममा भेट हुने सम्भावना छ । उज्बेकिस्तानका लागि भारतीय राजदूत मनिष प्रभातले यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी शिखर सम्मेलनमा सहभागी हुने र धेरै नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने बताएका छन् ।
कोभिड महामारीका कारण दुई वर्षपछि एससीओ सदस्य राष्ट्रका नेताहरुको बैठक बस्दैछ । केही द्विपक्षीय बैठकहरू एससीओको क्रममा हुनेछन् । तर बैठकहरूको कार्यक्रम समयमै टुंङगो लगाइनेछ, ‘राजदूत प्रभातले एएनआईलाई एक विशेष अन्तर्वार्तामा बताएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया