रसुवागढी हाइड्रोपावरको आइपिओ बाँडफाँट

काठमाडौं । रसुवागढी हाइड्रोपावरको आइपिओ बाँडफाँट भएको छ । कम्पनीले आज अर्थात बुधबार सो आइपिओ बाँटफाँट गरेको हो । कम्पनीले असार १३ बाट आयोजना प्रभावित स्थानीय बासिन्दालाई १ सय अंकित मूल्यमा ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको थियो ।
कम्पनीका अनुसार उक्त आइपिओमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं १ थुमन र वडा नं २ टिमेरे तथा प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नं ४ गोल्जुङ र वडा नं ५ यस्तै, गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं ३ बृद्धम, वडा नं ४ लाङटाङ, वडा नं ५ स्याफ्रुबेशी र वडा नं ६ धुन्चेका स्थानीयले पनि आवेदन दिएका थिए ।
सेयर बाँडफाँटको नतिजा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल तथा सह–बिक्री प्रबन्धकहरु एनआइबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटले जनाएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया