रसुवागढी हाइड्रोपावरको आइपिओ बाँडफाँट
काठमाडौं । रसुवागढी हाइड्रोपावरको आइपिओ बाँडफाँट भएको छ । कम्पनीले आज अर्थात बुधबार सो आइपिओ बाँटफाँट गरेको हो । कम्पनीले असार १३ बाट आयोजना प्रभावित स्थानीय बासिन्दालाई १ सय अंकित मूल्यमा ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको थियो ।
कम्पनीका अनुसार उक्त आइपिओमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं १ थुमन र वडा नं २ टिमेरे तथा प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नं ४ गोल्जुङ र वडा नं ५ यस्तै, गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं ३ बृद्धम, वडा नं ४ लाङटाङ, वडा नं ५ स्याफ्रुबेशी र वडा नं ६ धुन्चेका स्थानीयले पनि आवेदन दिएका थिए ।
सेयर बाँडफाँटको नतिजा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल तथा सह–बिक्री प्रबन्धकहरु एनआइबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया