NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

नेप्सेमा छायो हरियाली, १ अर्बबढीको कारोबार

काठमाडौं । मंगलबार उकालो लागेको नेप्से बुधबार पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से ४७.४४ अंकले बढेर १९८१.४८ विन्दुमा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स ९.१९ अंकले बढेर ३८५.३६ विन्दुमा पुगेको छ । त्यसैगरी फ्लोट ३.२अंक बढेको छ । आज नेप्से बढेसँगै कारोबार रकममा सुधार देखिएको छ । केही दिनयता कारोबार रकम करोडमै सीमित भएकोमा बुधबार भने अर्ब नाघेको छ ।

आज कुल २२७ कम्पनीको ४१ लाख १८ हजार ५१६ रूपैयाँ बराबरको सेयर खरिदबिक्री हुँदा एक अर्ब ४५ करोड ३८ लाख २४ हजार ६५० रूपैयाँको कारोबार भएको छ । आज १३ उपसमूहमै हरियाली छाएको छ । आज सबैभन्दा बढी वित्तको सेयरमूल्य ५.९३ प्रतिशतले बढेको छ ।

त्यस्तै व्यापारको ५.७५, विकास बैंक ४.६२, जलविद्युत ३.६२, होटल तथा पर्यटन २.५६, लगानी २.४६ लघुवित्त २.४३, उत्पादन २.२७, अन्य २.९ प्रतिशतले बढेको छ । त्यसैगरी बैंकिङको १.८६, नीर्जीवन बीमा कम्पनी १.४९, जीवन बीमा कम्पनी १.४५ र सामूहिक लगानीकोष १.२४ प्रतिशतले बढेको छ ।

बुधबार ग्रिन डेभलपमेन्ट बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले ८.३२, युनाइटेड मोदी हाइड्रोपावर ७.८१, सामूदायिक लघुवित्त वित्तिय संस्था ७.८, गुर्खाज फाइनान्स ७.७२ प्रतिशतका दरले कमाएर शीर्ष पाँच स्थानमा प्रवेश गरेका छन् ।

बुधबार एनअइसी एशिया प्लेक्सी कप फण्डको सेयरमा नकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएक छन् ।

त्यस्तै एनअइबिएल प्रगति फण्ड ८.९५, सनराइज म्युचल फण्ड ७.६७, सानिमा लार्ज क्याप ३.१९ र मैलुङ खोला जलविद्युतका लगानीकर्ताले २.६५ प्रतिशतका दरले गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा नबिल बैंक ६ करोड ५१ लाख ६९ हजार २३२८ रूपैयाँको कारोबार भएको छ । त्यसैगरी गुरास फाइनान्स लिमिटेड ४ करोड ५७ लाख ७ हजार, हिमालयन एभरेष्ट इन्स्योरेन्स ४७ हजार, अपी पावर कम्पनी ४ करोड २९ लाख ६८९ हजार र हिमालयन डिष्टिलरीले ३ करोड ९२ लाख ३७ हजार रूपैयाँको कारोबार गरेर शीर्ष पाँचमा प्रवेश गरेका छन् ।