एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाँदै परराष्ट्रमन्त्री खड्का
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने भएका छन् ।
उनी असोज ३ गते हुन लागेको एलिजाबेथको अन्त्येष्टिमा जान लागेका हुन् । परराष्ट्रमन्त्री सानो टोलीको नेतृत्व गर्दै बेलायत जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अन्त्येष्टि समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य पनि सहभागी हुनेछन् ।
बेलायती महारानी एलिजाबेधको निधन ६ दिनअघि ९६ वर्षको उमेरमा भएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया