NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाँदै परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने भएका छन् ।

उनी असोज ३ गते हुन लागेको एलिजाबेथको अन्त्येष्टिमा जान लागेका हुन् । परराष्ट्रमन्त्री सानो टोलीको नेतृत्व गर्दै बेलायत जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अन्त्येष्टि समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य पनि सहभागी हुनेछन् ।

बेलायती महारानी एलिजाबेधको निधन ६ दिनअघि ९६ वर्षको उमेरमा भएको थियो ।