टाटा च्याम्पियन जोनले ल्यायो जेन्यून आयलमा विशेष छुटसहितको दशैँ अफर
काठमाडाैं । सिप्रदी अटोपार्टस् प्रालिको इटहरीस्थित आधिकारिक विक्रेता (टाटा च्याम्पियन) जोन) सप्तकोशी सप्लायर्सले दशैं अफर ल्याएको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा कम्पनीले टाटा जेन्यून पार्ट्स एवं टाटा जेन्यून आयलमा विशेष छुटका साथ उक्त अफर ल्याएको हो ।
अफरको टाटा मोटर इण्डिया लिमिटेड कमर्सियल भेइकलका इन्टरनेश्नल सर्भिस हेड भेंकेटेस अलवल एवं सिप्रदी अटोपार्ट्स प्रालिका सिनियर जनरल म्यानेजर युवराज वुढाथोकीले संयुक्त रुपमा गरेका हुन् । टाटा कमर्सियल गाडीका धनीले अझ बढि सुपथ मूल्यमा जेन्युन पार्ट्स प्रयोग गरुन भन्ने उद्देश्यसहित अफर सार्वजनिक गरिएको कम्पनीले बताएको छ । यसरी जेन्यून पार्टसको प्रयोग गर्दा गाडीको आयू बढ्ने र पटकपटक मर्मत सम्भार गर्नबाट छुटकरा मिल्ने विश्वास कम्पनीले लिएको छ ।
यो अफरमा ग्राहकले एक वट्टा टाटा जेन्युन आयल खरिद गर्दा अर्को एक वट्टा आयल निशुल्क पाउनेछन् । यसैगरी क्लच प्लेट तथा प्रेसर प्लेटको सेट, व्रेक लाइनिङ र इम्पेरियल ग्रिजको खरिदमा पनि एउटा किन्दा अर्को सित्तैमा पाइनेछ भने फिल्टरमा ४५ प्रतिशत छुट पाउने उक्त सप्लायर्सका संचालक वोध प्रसाद तिमिल्सिनाले बताए । यो अफरबाट धेरैभन्दा धेरै गाडी धनीले लाभ उठाउन सक्ने उनको भनाई छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया