च्याम्पियन्स लिगका ९ खेल : अधिकांश ठूला टोलीले जिते, केहीले भोगे अप्रत्यासित नतिजा
काठमाडौं । क्लब फुटबलकै सबैभन्दा प्रतिष्ठित युरोपियन च्याम्पियन्स लिगको समूह चरणका खेल चलिरहेका छन् ।
यसैबीच, गएराति दोस्रो चरणका ९ खेल भए । जसमा अधिकांश ठूला र बलिया मानिएका टोलीले जित निकाले पनि केहीले भने अप्रत्यासित नतिजा ब्यहोरेका छन् ।
फ्रेन्च क्लब पिएसजी, इंग्लिस क्लब म्यानचेस्टर सिटी, स्पेनिस क्लब रियल म्याड्रिड, इटालियन क्लबहरू एसी मिलान र नापोलीले सुखद नजिता निकाले ।
तीन ठूला स्टार लियोनल मेसी, नेइमार र केलियन एम्बाप्पेले गोल गरेपछि पिएसजीले इजरायली क्लब माक्काबी हाइफालाई ३-१ ले हरायो ।
यस्तै, सिटीले जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई २-१ गोल अन्तरले हरायो भने रियलले अर्को जर्मन क्लब आरबी लाइपिजलाई २-० ले पाखा लगायो ।
यसैगरी, इटालियन लिग विजेता एसी मिलानले युक्रेनी क्लब डाइनामो जेग्रेबलाई १-० ले पराजित गर्दा नापोलीले स्कटिस क्लब रेन्जर्सलाई ३-०ले हरायो ।
तर, केही ठूला क्लबहरूले भने अप्रत्यासित नतिजा ब्यहोरेका छन् । अप्रत्यासित नजिता भोग्नेमा इटालियन महारथी युभेन्टस, इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब सेभिल्ला छन् ।
युभेन्टस पोर्चुगिज क्लब बेन्फिकासँग २-१ ले स्तब्ध बन्यो ।
त्यस्तै, चेल्सी अष्ट्रियन क्लब साल्जबर्गसँग १-१ गोलको बराबरीमा रोकियो । त्यसैगरी, सेभिल्ला डेनिस क्लब कोपनहेगनसँग गोलरहित बराबरीमा रोकियो ।
यस्तै, युक्रेनी क्लब साख्तर डोनेस्क र स्कटिस क्लब सेल्टिक १-१ गोलको बराबरी खेले ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया