च्याम्पियन्स लिग : जर्मन क्लब स्पेनिस क्लबमाथि हाबी
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति सातवटा खेल भए । जसमा जर्मन क्लबहरू स्पेनिस क्लबमाथि हाबी भएका छन् ।
जर्मन च्याम्पियन बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई २–० गोल अन्तरले हराएको छ । घरेलु टोली बायर्नको जितमा लुकास हर्नाण्डेज र लिरोए सानेले एक–एक गोल गरे ।
यस्तै, अर्को जर्मन क्लब बायर लेभरकुसनले पनि अर्को स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई २–० गोल अन्तरले नै हराएको छ ।

बायर्नको यो लगातार दोस्रो जित हो । उसले ६ अंक बनाएको छ । अर्कोतिर एकमात्र खेल जितेको बार्सिलोनाको ३ अंक छ ।
त्यस्तै, अर्को जर्मन क्लबले पनि जित हात पारेको छ । फ्रेन्कफर्टले फ्रेन्च क्लब मार्सेईलाई १–० ले हराएको हो ।
यसैगरी, अन्य खेलहरूमा इटायिन क्लब इन्टर मिलानले चेक क्लब भिक्टोरिया प्लाजानलाई २–० ले हराउँदा स्पोर्टिङ सिपीले टोटनहम हटस्परलाई २–० ले पाखा लगायो । टोटनहमको पराजय अप्रत्यासित मानिएको छ ।
त्यस्तै, बेल्जियन च्याम्पियन क्लब ब्रुगले पोर्चुगिज क्लब एफसी पोर्टोलाई ४–० गोलको पराकिलो अन्तरले हरायो । यो पनि अर्को अप्रत्यासित नतिजा हो ।
त्यसैगरी, इंग्लिस क्लब लिभरपुलले डच क्लब आयाक्सलाई २–१ ले हराएको छ । जारी प्रतियोगितामा लिभरपुलको पहिलो जित हो ।

यी हुन् गएरातिको च्याम्यियन्स लिगका ८ खेलमा भएका ३ अप्रत्यासित नतिजा
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया