च्याम्पियन्स लिग : जर्मन क्लब स्पेनिस क्लबमाथि हाबी

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति सातवटा खेल भए । जसमा जर्मन क्लबहरू स्पेनिस क्लबमाथि हाबी भएका छन् ।
जर्मन च्याम्पियन बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई २–० गोल अन्तरले हराएको छ । घरेलु टोली बायर्नको जितमा लुकास हर्नाण्डेज र लिरोए सानेले एक–एक गोल गरे ।
यस्तै, अर्को जर्मन क्लब बायर लेभरकुसनले पनि अर्को स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई २–० गोल अन्तरले नै हराएको छ ।
बायर्नको यो लगातार दोस्रो जित हो । उसले ६ अंक बनाएको छ । अर्कोतिर एकमात्र खेल जितेको बार्सिलोनाको ३ अंक छ ।
त्यस्तै, अर्को जर्मन क्लबले पनि जित हात पारेको छ । फ्रेन्कफर्टले फ्रेन्च क्लब मार्सेईलाई १–० ले हराएको हो ।
यसैगरी, अन्य खेलहरूमा इटायिन क्लब इन्टर मिलानले चेक क्लब भिक्टोरिया प्लाजानलाई २–० ले हराउँदा स्पोर्टिङ सिपीले टोटनहम हटस्परलाई २–० ले पाखा लगायो । टोटनहमको पराजय अप्रत्यासित मानिएको छ ।
त्यस्तै, बेल्जियन च्याम्पियन क्लब ब्रुगले पोर्चुगिज क्लब एफसी पोर्टोलाई ४–० गोलको पराकिलो अन्तरले हरायो । यो पनि अर्को अप्रत्यासित नतिजा हो ।
त्यसैगरी, इंग्लिस क्लब लिभरपुलले डच क्लब आयाक्सलाई २–१ ले हराएको छ । जारी प्रतियोगितामा लिभरपुलको पहिलो जित हो ।
यी हुन् गएरातिको च्याम्यियन्स लिगका ८ खेलमा भएका ३ अप्रत्यासित नतिजा
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया