NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सेयर बजारमा उच्च अंकको गिरावट, कारोबर २ अर्ब नाघ्यो

काठमाडाैं । एक साता लगातार घटेर दुई दिन बढेको सेयर बिहीबार पुन: उच्च अंकले घटेको छ । मंगलबार र बुधबार बढेको नेप्से बिहीबार पुन: घटेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से ५७ अंकले घटेर १९२४.४८ विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ११.२३ अंकले घटेर ३३७४.१३ विन्दुमा पुगेको छ । त्यसैगरी फ्लोट ३.९३ अंकले घटेको छ ।

आज नेप्से घटेपनि कारोबार रकममा भने वृद्धि भएको छ । आज कुल २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ रूपैयाँ बराबरको सेयर खरिदबिक्री हुँदा एक २ खर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रूपैयाँको कारोबार भएको छ । बुधबार कुल २२७ कम्पनीको ४१ लाख १८ हजार ५१६ रूपैयाँ बराबरको सेयर खरिदबिक्री हुँदा एक अर्ब ४५ करोड ३८ लाख २४ हजार ६५० रूपैयाँको कारोबार भएको थियो ।

आज १३ उपसमूह नै घटेको छ । आज सबैभन्दा बढी वित्तको सेयरमूल्य ५.२४ प्रतिशतले घटेको छ । त्यस्तै व्यापारको ३.९७, विकास बैंक ४.६५, जलविद्युत ४.४६, होटल तथा पर्यटन ३.४२, लगानी ३.२९, लघुवित्त ३.१२, उत्पादन ३.१६, अन्य २३.९४ प्रतिशतले घटेको छ । त्यसैगरी बैंकिङको १.८२, नीर्जीवन बीमा कम्पनी २.४६, जीवन बीमा कम्पनी १.९ र सामूहिक लगानीकोष १.९५ प्रतिशतले घटेको छ ।

बिहीबार सिटिजन म्युचल फण्डको लगानीकर्ताले सबैभन्दा बढी ४.१२ प्रतिशतले घटेको छ । त्यस्तै मिरमिरे लघुवित्त वित्तिय संस्था ३.८, एसबिएल डिवेञ्चर १.९२, सिदार्थ इन्भेष्टमेन्ट १.६९ र सनराइज ब्लुचिप फण्डका लगानीकर्ताले १.३ प्रतिशतका दरले कमाएर शीर्ष पाँचमा प्रवेश गरेका छन् ।

बिहीबार एनअइसी एशिया प्लेक्सी कप फण्डको सेयरमा नकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यस्तै समृद्धि फाइनान्स ७.३५, स्वेत गंगा हाइड्रोपावर ७.४, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी ६.९६ र लिर्वटी इनर्जी कम्पनीका लगानीकर्ताले ६.९ प्रतिशतका दरले गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा लक्ष्मी बैंक लिमिटेड रहेको छ । सो बैंकको २१ करोड ५० लाख ३३ हजार १९० रूपैयाँको कारोबार भएको छ । त्यसैगी रिदी पावर कम्पनीको ११ करोड ६४ लाख ८९ हजार ६५४ रूपैयाँको कारोबार भएको छ ।

त्यस्तै अपि पावर कम्पनीको ७ करोड ३५ लाख १६ हजार ३२६, नेपाल टेलिकमको ६ करोड ६८ लाख ७७ हजार ५८७ र हिमालयन डिष्टिलरीको ५ करोड ७७ लाख ८४ हजार ५०१ रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।