नेपाली सेनामा कमान्ड संरचनाले किन काम गर्न सकेन ?
काठमाडौं । नेपाली सेनाले पुरानै पृतना संरचनालाई ब्युँताएको छ । एकवर्ष अघि लागु गरिएको तीन जोड एक अर्थात ‘थ्रि प्लस वान’ कमाण्ड अवधारणालाई कायमै राखि पुरानै संरचनामा फर्किको हो । कमान्ड संरचना अनुसार पूर्वी, मध्य, पश्चिम र उपत्यका कमान्ड बनाएको थियो ।
भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले कमान्ड संरचनालाई कायमै राखि पुरानो संरचनालाई ब्यूँताउने निर्णय गरेको थियो । सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार कमान्ड संरचना कायमै राखि पृतना संरचनालाई व्यूँताइएको जानकारी दिए । ‘नयाँ संरचना गएपछि विभिन्न व्यवहारिक र प्राविधिक कठिनाइ देखिएका छन्’, सिलवालले भने, ‘यी सबै कठिनाइलाई ध्यानमा राखि तत्कालका लागि पुरानै संरचनामा फर्किने निर्णय गरेका छौं । पुरानो संरचना अर्कोसाताबाट लागु हुन्छ ।’
यसअघि सेनाले संघीयतालाई ध्यानमा राखि सात प्रदेश र उपत्यका गरी आठ पृतना कायम गरिएको थियो । तर २०७८ असार २४ मा बसेको मन्त्रिपरिषद बैठकले खारेज गरी कमान्ड संरचना लागु गर्ने निर्णय गरेको थियो ।
पुरानै संरचनामा फर्किएपछि अब सेनामा पूर्वी, मध्यपूर्वी, मध्य, उपत्यका, पश्चिम, मध्यपश्चिम, उत्तर पश्चिम र सुदूरपश्चिम पृतना हुनेछन् ।
ताजा अपडेट
-
६ लाख ८७ हजारले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक
-
विश्वलाई खुसीको खबर, अमेरिका–इरानबीच शान्ति सम्झौताको तयारी
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?


प्रतिक्रिया