NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

पिपुल्स हाइड्रोपावरको आइपिओ आजदेखि निष्काशन, क-कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । पिपुल्स हाइड्रोपावरले आज (भदौ ३१ गते) देखि आइपिओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि आवेदन खुलाएको हो ।

कम्पनीले स्थानीयलाई जारी पुँजीको १०५ अर्थात ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७ का स्थानीय बासिन्दाहरुका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ ।

लगानीकर्ताले आइपिओमा छिटोमा असोज १४ गतेसम्म र ढिलोमा असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आइपिओमा ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउन्टरबाट आवेदन दिन सक्नेछन् । त्यसैगरि एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको  बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल मार्केट रहेको छ।