चितवनमा मिटरब्याजीविरुद्ध २२ उजुरी
चितवन । जिल्ला प्रशासन कार्यालयले सात मिटरब्याजीविरुद्ध मुद्दा दर्ता गरेको छ । आन्तरिक छलफलका क्रममा सहमति नजुटेपछि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ताका लागि फाइल पठाइएको छ ।
दुईपक्षीय सहमति हुन नसकेपछि ती मुद्दालाई प्रहरी कार्यालय पठाइएको प्रशासन कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए। उनका अनुसार परेका निवेदनमध्ये अहिले अन्य पाँचवटा मुद्दा छलफलमा छन् ।
ती उजुरीमा पक्ष र विपक्षीको बयान लिने काम जारी छ भने अन्य उजुरीको विषयमा सम्बन्धित व्यक्तिलाई बोलाउने क्रममा रहेको उनले बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जिल्ला प्रशासनबाट आएका फाइलको कानुनी प्रक्रिया सुरु गरिएको बताए ।
उनले भने, ‘अनुसन्धान सुरु गरिएको छ । कुन कानुन आकर्षण हुन्छ । सरकारी वकिलसँगको परामर्शमा छौँ ।’ जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीका विरुद्धमा २२ उजुरी परेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया