NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घट्यो नेप्से

काठमाडाैं । बिहीबार घटेको नेप्से साताको अन्तिम कारोबार दिन शुक्रबार पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से १४.१० अंकले घटेर १९१०.३८ विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स २.२३ अंकले घटेर ३७१.१० विन्दुमा झरेको  छ । त्यसैगरी फ्लोट ०.७३ अंकले घटेको छ ।

आज कुल २२० कम्पनीको २९ लाख १६ हजार २७१ रूपैयाँ बराबरको सेयर खरिदबिक्री हुँदा ९० करोड ८१ लाख ८६ हजार ४८८ रूपैयाँको कारोबार भएको छ ।

आज १३ उपसमूहमध्ये सामूहिक लगानीकोषको सेयरमूल्य बढेको छ । उक्त उपसमूहको सेयरमूल्य ०.०७ प्रतिशतले बढेको हो ।

आज सबैभन्दा बढी वित्तको सेयरमूल्य १.३६ प्रतिशतले घटेको छ । त्यस्तै व्यापारको ०.३२, विकास बैंक १.२७, जलविद्युत १.१७, होटल तथा पर्यटन ०.७५, लगानी १.२५, लघुवित्त १.०१, उत्पादन १.१४, अन्य ०.२९ प्रतिशतले घटेको छ । त्यसैगरी बैंकिङको ०.५२, नीर्जीवन बीमा कम्पनी ०.३५ र जीवन बीमा कम्पनी ०.२४ले घटेको छ ।

शुक्रबार नबिब ब्यालेन्स फण्ड २ कोका लगानीकर्ताले सबैभन्दा बढी ७.८७ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै बुद्धभूमि नेपाल हाइड्रोपावर ६,  हिमालयन एभरेष्ट इन्स्योरेन्स ५.७६, अपर हेवाखोला हाइड्रोपावर ५.७५ र लाइफ इन्स्योरेन्स को. नेपालका लगानीकर्ताले ३.९९ प्रतिशतका दरले कमाएर शीर्ष पाँचमा प्रवेश गरेका छन् ।

शुक्रबार मिर्मिरे लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ५.५९ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै रिभर फल्स पावर ५.३१, अपर सोलु हाइड्रो इलेक्ट्रिक ५.३, ग्रिन डेभलपमेन्ट बैंक ४.०९ र एनएमबी ५० का लगानीकर्ताले ३.८७ प्रतिशतका दरले गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज रिदी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४ करोड २३ लाख ३२ हजार ६७७ रूपैयाँको कारोबार भएको छ ।

त्यसैगरी हिमालयन डिष्टिलरीको ३ करोड २ लाख २ हजार २६८, नबिल बैंक ३ करोड ५५ हजार, नेपाल लाइफ इन्स्योरेन्स २ करोड ८४ लाख ६९ हजार र अपि पावर लिमिटेडले २ करोड ७५ लाख ७५ हजार रूपैयाँ बराबरको कारोबार गरी शीर्ष पाँचमा प्रवेश गरेका छन् ।